‘वैदिक संस्कृतिको आदर्शलाई स्थापित गरौँ’


प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले वैदिक संस्कृतिको आदर्शलाई स्थापित गरिनुपर्ने बताएकी छिन् । नेपाल आर्य समाजको आयोजनामा आजदेखि यहाँ सुरु भएको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनको उद्घाटन गर्दै वैदिक दर्शनको योगदानस्वरुप हजारौँ वर्षअघिदेखि योग र आयुर्वेदको सुरुआत भएको बताइन् । “विश्वबन्धुत्व, प्रकृतिप्रेम र मानवीयता वैदिक कालदेखि गहन सन्देशका रुपमा रहँदै आएको छ, वैदिक युगमा सुरु भएका राम्रा काम आधुनिक युगमा विकृतिका रुपमा प्रसार भएको छ, यस्ता विकृतिको अन्त्य गरी वैदिक दर्शनलाई अघि बढाउनुपर्छ”– उनले भनिन् ।

महिलालाई समान अधिकार दिएको वैदिक युगको परम्परा उत्तर वैदिक कालपछि खण्डित भएको राष्ट्रपति भण्डारीले बताइन् । ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’को भावनालाई प्रवद्र्धन गर्न वैदिक ज्ञान आवश्यक रहेकामा उनले जोड दिइन् । “नेपालको भूमि नभएको भए भगवान् रामचन्द्रको जन्म नै हुने थिएन, दोलखामा तपस्या गरी बस्ने श्रृङ्गी ऋषिले अयोध्यामा गई पुत्रेष्टि यज्ञ गराएपछि दशरथ पुत्रका रुपमा श्रीरामचन्द्रको जन्म भएको हो”– उनले भनिन् । त्रिवि संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले वेदको ज्ञानबाट वञ्चित हुनु नपरोस् भनी प्रत्येक नेपालीका घर घरमा नेपाली भाषामा वेद अनुवाद गरी पु¥याउने अभियानमा समाज लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा अमेरिकाको न्युयोर्कमा गुरुकुल सञ्चालन गर्ने डा सतीश प्रकाश, सुरेश आर्य र प्रकाश आर्यले छुवाछुत हटाई सही रुपमा वैदिक ज्ञानको प्रचार गर्न आर्य समाजको स्थापना भएको जानकारी दिए । भारतमा सन् १८७५ मा स्वामी दयानन्द सरस्वतीले स्थापना गरेको आर्य समाज नेपालमा सहिद शुक्रराज शास्त्री र उहाँका पिता माधवराज जोशीको सक्रियतामा विसं १९९७ मा स्थापना भएको हो ।

कात्तिक ६ गतेसम्म चल्ने महासम्मेलनमा नेपालबाट पाँच हजार, भारतबाट तीन हजार एवम् अन्य देशबाट ५०० सहभागी छन् । उद्घाटनअघि आज बिहान ६ः०० बजेदेखि सहिदढोका–त्रिपुरेश्वर–सहिद शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित रुख–झोँछे–असन–इन्द्रचोक–भोटाहिटी हुँदै टुँडिखेलसम्म शोभायात्रा गरियो । शोभायात्रापछि वैदिक यज्ञ गरी महासम्मेलनको उद्घाटन गरिएको थियो । बिहान ५ः०० देखि ६ः०० बजेसम्म योग शिविरसमेत सञ्चालन गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

महासम्मेलनका क्रममा आठ छुट्टै सम्मेलन समेत आयोजना हुने समिति संयोजक सहप्राध्यापक डा माधवप्रसाद उपाध्यायले जानकारी दिए । “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपछि प्रा डा कुलप्रसाद कोइरालाको संयोजनमा विश्व संस्कृत, गायत्री परिवारका डा राजु अधिकारीको संयोजनमा विश्व युवा, विश्व वेद विज्ञान, विश्व महिला, विश्व शिक्षा, विश्व सनातन धर्म र विश्व आर्य संस्कृति सम्मेलन समेत हुनेछ”– उनले भने ।

तीमध्ये आज युवा र महिला सम्मेलन हुनेछ । शोभा यात्राका कारण आज बिहान ९ः०० बजे यज्ञ गरिए पनि शुक्रबार र शनिबार बिहान ७ः०० बजेदेखि वैदिक यज्ञ हुने आयोजक समितिले जनाएको छ । महासम्मेलनको वैदिक यज्ञमा कन्याले चार वेदका छानिएका वैदिक मन्त्र पाठ गर्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com