पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक
प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार
– प्रकाश सिलवाल
दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ ।
गत मंसिरदेखि फागुनसम्म ९चार महिना०को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो ।
समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी प्रयोग हुन विवस बालबालिकालाई उद्धारको प्रक्रिया शुरु भएको बताउनुभयो । “को को कहाँ कहाँ छन् भनेर खोज्ने काम भइरहेको छ, त्यसरी प्रयोग गर्नेलाई कानूनी कारवाहीका लागि पहल गरिने छ,” उहाँले भन्नुभयो ।
उक्त चार महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ । बालश्रमको संख्यामा निकै वृद्धि भएकाले आफूहरुलाई चिन्तित बनाएको कार्यकारी निर्देशक धितालले बताउनुभयो ।
बालश्रम ९निषेध र नियमित गर्ने० ऐन, २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । चौध वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपमा श्रमिकका रुपमा काममा लगाउन हुँदैन । अध्ययन अवधिमा बालश्रमसम्बन्धी १४० वटा घटना सञ्चारमाध्यममा प्रकाशनमा आएका थिए ।
चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम चार महिनाको अवधि ९साउनदेखि कात्तिक० मा १३ वटा बालश्रमसम्बन्धी घटना भएका थिए । बालबालिकालाई श्रममा प्रयोग गरिएको प्रकृतिलाई हेर्दा घरेलु तथा होटलमा श्रमिकका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत ९६० जना० रहेका छन् भने इँट्टा उद्योगमा २६ प्रतिशत ९३६ जना० र पढाइ खर्च जुटाउन ३१ प्रतिशत ९४४ जना० बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ ।
बालश्रममा परेकामध्ये जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका इँटा उद्योगमा गरिएको अनुगमनबाट २० जना ९१६ बालक, चार बालिका० बालबालिकालाई उद्धार गरिएको छ । पढाइ खर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई विश्लेषण गर्दा सल्यानमा बालुवा सङ्कलनमा २४ जना ९१६ बालक र आठ बालिका०, मकवानपुरमा आठजना बालबालिका राजमार्गमा लालीगुराँस बेच्दै, गोरखामा छजना बालबालिका भरियाका रुपमा रहेको पाइयो भने अन्य छजना खोटो सङ्कलन कार्यमा संलग्न भएको पाइएको थियो । । बालश्रमिकका रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत ९७९जना० र बालिका ४४ प्रतिशत ९६१ जना० छन् ।
उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दा मुनिका ११ जना, ११ देखि १४ वर्षका ४४ जना र १५ देखि १८ वर्षका ८५ जना रहेका छन् । यस अवधि ९मंसिरदेखि फागुन० मा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका छन् ।
समितिले बालविवाह, बालयौन दुव्र्यवहार, बालबालिकाको ओसारपसार, कुपोषण, गर्भपतन, बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजाय र अपहरण तथा हत्याका घटनालाई नियमित अनुगमन र अध्ययन गर्दै आएको छ ।
उक्त अवधिमा बालबालिकाविरुद्ध भएका १८१ वटा घटनालाई विश्लेषण गरिएको छ । जसमा ४०३ जना बालबालिका प्रत्यक्ष रुपमा प्रभावित भएको देखिन्छ ।
प्रभावित बालबालिकालाई लैङ्गिक रुपमा विश्लेषण गर्दा सबैभन्दा बढी २१४ जना बालिका पीडित भएको पाइएको छ भने १७२ जना बालक र १७ जना शिशुसमेत बालअधिकार उल्लङ्घनका घटनाबाट प्रभावित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
रासस