श्रीमानबाट बलात्कार प्रयास, श्रीमतीबाट कुटपिट


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

–इन्दिरा भट्टराई–

विराटनगर । आफूमाथि भएको बलात्कारको प्रयास विरुद्ध प्रहरीमा उजुरी दिएका कारण बुढीगंगा गाउँपालिकामा एक महिला पिटिएकी छन् । बुढीगंगा ३ मा डेरा गरि बस्दै आएकी २३ वर्षीया महिलाले बलात्कारको प्रयास गर्ने आफ्नै घरबेटी विरुद्ध प्रहरी उजुरी दिएका कारण पिटिएकी हुन् ।

गएको विहीबार घरका अन्य सदस्य नभएको मौका छोपी आफूलाई घरबेटीले बलात्कारको प्रयास गरेको भन्दै पीडितले आइतबार प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले आइतवारै पीडकलाई पक्राउ गरेको थियो ।

उजुरी पछि डेरा गएर बसेका पीडित, उनका श्रीमान र छोरालाई समेत पीडककी श्रीमती र गाउँलेहरूले मंगलवार कुटपिट गरेका छन् । उनीहरूको कुटपिटबाट पीडितका श्रीमान र डेढ वर्षीय छोरा घाइते भएका छन् । आफ्नो श्रीमानलाई झुटो आरोप लगाएको भन्दै पीडककी श्रीमतीले कुटेपछि अन्य गाउँलेहरूले समेत कुटेको पीडितको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाको अनुसन्धान भइरहेको मोरङ जिल्ला प्रहरी प्रमुख एसपी अरुण विसीले जानकारी दिए । कुटपिटमा संलग्न भएकी महिलालाई बुधबार जनप्रतिनिधीहरूले जिल्ला प्रहरी कार्यालय ल्याएका थिए ।

एसपी विसीले कुटपिट गर्ने पीडकको सानो बच्चा भएकाकारण उनलाई छलफल गर्ने गरि प्रहरीले घर पठाइदिएको बताए ।

एसपी विसीले आफूमाथि बलात्कारको प्रयास भयो भनेर न्याय माग्न उजुरी गरेकै कारण फेरि कुटपिट हुनु दुखद् भएको भन्दै अनुसन्धान पछि पिडकलाई कारवाही हुने बताए ।

बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलक मण्डलले प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com