बृद्धभत्ता पाउने उमेर ५ वर्ष घट्यो


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

काठमाडौं, ११ माघ- शेरबहादुर देउवा नेतृत्वको सरकारले ज्येष्ठ नागरिकको उमेर हद घटाउँदै ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मन्त्रिपरिषद वैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि ज्येष्ठ नागरिकले ७० वर्षमा बृद्धभत्ता पाउने गरेका थिए । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको सरकाले २०५१ सालमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा दिने पहिलो निर्णय गरेको थियो ।

त्यसैगरी सरकारले राहत तथा अनुदान रकम पनि बढाएको छ । भूकम्प, बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको हो । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको मध्येमा १ लाख थप गर्ने निर्णय गरेको हो ।

‘सरकारले भूकम्प पीडित र बाढी पीडितलार्इ दिएको रातहमा एक लाख रुपियँया थप गर्ने निर्णय गरेको छ’ सरकारका प्रवक्ता रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने ।

सरकारले अनुदान वितरण गर्ने समय सकिएको बेलामा बढाउने निर्णय गरेको हो । यसअघि भूकम्प तथा बाढीपीडितले अनुदानस्वरुप ३ लाख रुपियाँ पाउने गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com