नारायणगढ–मुग्लिन सडकखण्ड बाट आयो अर्को दु:खद खबर


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

पहिलो खण्डको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट आठ लाख र तेस्रो खण्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट ६७ लाख जरिवाना असुल गरिएको छ । खनालका अनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको हो । यो सडकखण्ड दुई बर्षभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दुई अर्ब ९० करोडमा ठेक्का दिइएको थियो । पहिलो खण्डको ६१ करोड, दोस्रो खण्डको ९८ करोड र तेस्रो खण्डको एक अर्ब ३१ करोडमा ठेक्का दिइएको थियो ।

खनालका अनुसार ठेक्का दिँदा समयलाई तीन भागमा विभाजन गरेर पहिलो आठ महिनामा १५ प्रतिशत, दोस्रो आठ महिनामा ५० प्रतिशत र तेस्रो आठ महिनामा बाँकी काम सम्पन्न गर्नुपर्ने सर्त राखिएको थियो । दोस्रो आठ महिनाको समयमा ५० प्रतिशत काम सम्पन्न नगरेपछि पहिलो खण्ड र तेस्रो खण्डका निर्माणमा कम्पनी जरिवानामा परेका हुन् । भूकम्प, नाकाबन्दी, चक्काजामलगायतका कारण थप भएको समयसीमामा पनि काम सम्पन्न नगरेपछि उनीहरुलाई जरिवाना गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com