प्रचण्डलाई कर्मचारीले दिए बधाई


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

पुस ३ काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती केन्द्रीय समितिका अध्यक्ष हरि रावलको नेतृत्वमा गएको पदाधिकारी र सदस्यहरूले अध्यक्ष प्रचण्डलाई बधाई दिएका छन् ।

संगठनका अध्यक्ष हरि रावलको नेतृत्वमा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन र नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संयुक्त रूपमा बधाई दिएका हुन् ।

पार्टी मुख्यालय पेरिसडांडामा आयोजित कार्यक्रममा कर्मचारीहरूले चितवन क्षेत्र नम्बर ३ बाट बिजयी भएकोमा बधाई दिदै विकास र समृद्धिको बाटोमा निजामती कर्मचारीहरूबाट पूर्ण सहयोग गरिने प्रतिवद्धता अध्यक्षसमक्ष व्यक्त गरेको संगठनका उपाध्यक्ष अम्बादत्त भट्टले जनाए ।

विगतमा संविधान निर्माणमा भूमिका निर्वाह गरेका कर्मचारी र संगठनले कार्यान्वयन र वाम सरकारको समृद्द नेपालको योजनालाई समेत सहयोग गर्ने भट्टको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले बधाई दिएकोमा सबैलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोग पाउने अपेक्षा व्यक्त गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com