बोक्रा भएको आलुको तर्कारी,अचार अनि पुरी र हाम्रो सम्बन्ध


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

– तारा अधिकारी

तिम्रै बासस्थानमा १३ घण्टा बिताई रहदाँ त्यो दिन घटेका घटनाहरु लाई नजर अन्दाज गर्नै सकिन र यहाँ सम्प्रेसण गरेको छु हिस्सी नै छ नि हगि ? तिम्रै भाषा अनि सब्द तिम्रै मात्र भोगाई मेरा। जीवनको यो उत्तरार्धमा आई पुग्दा सम्म यस्ता गम्भीर किसिमका उर्जाको बिजारोपण होला भन्ने साएद न तिमीले भेउ पायौ न त महिले नै, प्रकृतिको अनुपम उपहार साएद (प्रेम) यसैमा सवार हुदै, हामि मात्र बगी रहेउ पुग्ने गन्तब्यको हामि लाई कुनै चिन्ता नै थिएन ।

चिसो बतास अनि त्यो हामीले घुमेको मन्दिर सम्पूर्ण प्रकृति नै चिसो थियो । गर्मि को अन्तिम संघारमा उभिदै गर्दास निख्रीसकेको गर्मि नै भय पनि हामि बिचमा उत्पन्न भएका तरंगहरुले कतै इंगित गर्दै थिय र तापमान बढेको आवास नै हुन्थ्यो। करिब दुई घण्टा जति सहरका अनेकन कुनाका रमणीय दृश्यहरुको अवलोकन गरे पछि हामि बास(स्थान तर्फ उन्मुख भयौ ।

भन्छन् माया बाच्ने आधार हो, प्रकृतिको एक सम्पदा जस्तै मायाँ न भई त कुनै प्राणि सायदै जीवित रहन सक्ला १ त्यहि भएर होला सपना सम्म रित्तिएका मानव जीवनहरुमा पनि एउटा अभिलाषा सदैव जिवित नै रहने स आश मा जीवन बिताउनु पर्ने । अंग्रेजीमा एउटा भनाई छ नि (hope keep us alive )। होला नि समय आएपछि। धैर्यको बाधमै अड्केको जस्तो दैनिकी र हरेक बिहान सुर्य उदाउने धुर्व सत्य स जीवन आखिर यही नै रहेछ। यदि यो संसारमा माया भन्ने चिज नभई दिएको भए जीवनले अर्कै रुप लिन्थ्यो होला नि ! मान्छे मान्छे नभएर कुनै प्राणी पो हुन्थ्यो कि ? जीवनमा प्रेम नै नभई दिएको भए म पनि यो मोडसम्म सायद आइपुग्ने नै थिईन होला, अनि मायाको प्रसङ्ग उठाउने र सम्प्रेसण गर्ने दूस्साहस नै गर्थिन होला । माया कति अमुल्य अनि निश्चल चिज हो यस्को कुनै मुल्य नै छैन, नत किन्न नै सकिन्छ नत बेच्न नै, कस्तो अनुपम स्वाद अब नशा जस्तै उकालो लाउदैं छ ।

तिम्रो हाम्रो केन्द्र बिन्दु यहीं हुनु घटना पक्कै थियनस थियो त अर्को परिघटना पुनस् घट्ने नै थियन हैन र ? हामिं लाई यहाँसम्म ल्याई पुर्याउने पात्र अर्कै छ, जो अदृस्य रहेर हामी र हाम्रा गतिबिधि हरु लाई नजिक बाट निहाली रहेको छ। हो भगवान ! हामि उसैका कठपुतली नै रहेछौ र तिम्रो आलिङ्गनमा रहेर २० औला जोडी ९तिम्रा र मेरा हात० प्रार्थना गर्दै गर्दा भगवान प्रति पूर्ण बिस्वास भएको छ, अनि तिमि प्रति गर्व पनि ।

तिम्रो बासस्थान पुगे लगतै अनेकन भित्र कुण्ठित भावहरुले भेउ पाईहाले । म आफै लाई भित्र भित्रै प्रति प्रश्न गर्न र उब्रियका उर्जाहरु लाई ठेगान लगाउँन मै बेस्त रहें । अति औपचारिकतामा नचिनेको स्वाङ पार्दै नमस्कार हरु नतमस्तक भै नै रहे । तिम्रो र मेरो औपचारिक नमस्ते तिमीले बनाएको बोक्रा सहितको आलुको तरकारी र अचार अनि पुरीको पहिलो निवाला आफ्नै हातले मलाई खुवाई दिए संगै अति खुलापनमा बल्ढ्याङ खायो अनि अर्को अध्याय प्रारम्भ भयो।

मोहमा छटपटिँदै तिम्रा हातका प्रत्यक बोक्रा भएका आलु र पुरी का टुक्राहरुका निवालाहरु म भित्र प्रवेस हुदै गर्दा, कहाँ सम्म सोच्न पुगे ! झलझल तिमि भित्र करुणाले भरिएकी राम्री आमा देखि। घरि तिम्रा सुमसुम्याईहरुमा आफ्ना बहिनिहरु लाई पाए। लाग्दै थियो तिमि भित्रको भगवानले घरि घरि तिम्रो अनुहार सम्म ओर्लिय्रर मलाई केहि संकेत गरे जस्तो। प्रेम बिर्सिन्छ सबै समस्या, उल्झन र भोलि लाई बेवास्था गर्दैस अँनि प्रेम आफै पलाउछ भन्थे ! साएद हो रहेछ है ? म भित्रको अर्को मानव लामो समय देखि अघोर निन्द्रामा रहेपनिस तिम्रा हात का बोक्रा भएका आलुका तरकारी अनि पुरी र त्यो मुलाको अचारको प्रत्यक निवालाको स्वादमा जिब्रो पड्काउदै बिउँझिदै थियो । हाम्रा सम्बन्धहरु साईनो खोज्दै मित्रताका परिधिहरु लाई विष्फोट गर्दै थिए । आफैलाई गोलि हान्दै आत्महत्या गरेर हाम्रो सम्बन्ध सबै परिधि तोडेर भिन्न परिधिमा प्रवेस गरेरै छाड्यो । उही तिम्रो बोक्रा भएको आलुको तरकारी,अचार र पुरीका निवाला संगै।

एकदमै खुकुलो सितारको तार जस्तै कहिले गासिँदै गासिएन त अनि कहिले एकदमै तनक्क सितारकै तार जस्तै भयो र कहिले च्वाट्ट चुँडियो तर पनि उत्तिकै प्रगाढ हाम्रो सम्बन्ध बन्दै गयो  । खै भगवान नै लागि परे पछि कसैको केहि न लाग्ने रहेछ हगि भुकुल्ल ? एक अर्का लाई सम्बोधन गर्ने सब्दकोस बाहिर को सब्द, उनको मेरो अनि हाम्रो सब्द । उनि पक्कै हाँसेकी छिन यहाँ आईपुग्दा‘‘‘।

अहिले यस्ता गम्भीर प्रकृतिका प्रेम भित्रका भाव र मौलिकता सहरी हावाले खाइदिएको छ। तर उनको बोली, व्यवहार र पहिरनमा त्यो प्रभाव देखिँदैनथ्यो। त्यो मनै लोभ्याउने रंगको पृष्ठभूमीमा कति राम्रो बुट्टा भएको सम्पूर्ण सरिर ढाकिने कपडा र त्यसलाई सुहाउँदो नारि झोला, अनि मख्लरले सजिएकि मझौला कदकि उनि र फर्फराउँदो रेशमी कपालले उनको व्यक्तित्व खुलेको थियो। गहुँगोरो मुहार, हल्का हाँस्दा देखिएका हिमाल सरी अनारदाने दाँतले उनी अझै उज्यालिएकी थिइन्। मेरो मानसपटलमा उनीलाई कहिले ननिकाल्ने गरि महिले कैद गर्दै गर्दै १३ घण्टाको यात्रा तय गर्दै थिएँ।

समय कसैका लागि प्र्तिक्षा गर्दो रहेनछ। ति घडिका सुई हरु मेरो मुटुमा अनि मेरो दिमाख भित्र भाला जस्तै प्रहार गर्दै थिए । लाग्दै थियो त्यो समय लाई त्यही निर रोकौ र सदाका लागि बरु मुर्ति नै भएर संगै बसौ, मात्र एक अर्का लाई हेर्दै‘‘।हेर्दै मात्र हेर्दै। जीवन र भोगाईहरुका धेरै कुरा गरियो कतै गम्भीर हुदै त कतै हास्दै रमाउदै‘‘। उनले हास्ने हासोले म भित्र निकै प्रभाव पार्दै थियो। म उनि संग कहिले छुट्टिन नै न परे हुन्थ्यो मात्र सोच्न थालेको थिए र साएद उनि पनि। सस्कारले भरिएकी उनको साँझको प्रार्थना संगै समय निकै अगाडी बढी सकेको पत्तो पायँ। सस्कारले भरियकी उनले आफ्नो सिर मेरा पैताला लाई निशाना बनाउदै झुक्दै गर्दा मेरो जिन्दगिको सब थोक परिवर्तन भयो । “म”, “म” नै रहिनस मेरो “म” को कुनै परिचय नै रहेंन । “म” बेनाम आफ्नै अस्थित्वलाई झकझक्याई रहेस तर सबै परिवर्तन भईसकेको थियोस मेरो केहि लागेन र “म” को देहवसान भयो र (हाम्रो) भुकुल्ल जन्मियो ।

रात बिस्तारै छिप्पिदै आफ्नै गतीमा आफ्नो यात्रा तय गर्दै थियो। हाम्रा सम्बन्धहरुको न्वारन भईसकेको थियो। उनि र “म” अब हाम्रा भई सकेका थिएउ। छुट्टै संसारको परिकल्पनामा आफ्ना अनुभवहरु साटासाट गर्दै कसरि भोलि लाई एउटा छुट्टै भोलि बनाउने भन्ने बिषयमा भलाकुसारी गर्दै थियउ । कति मिठो अनुभव थियो । जीवनमा कहिले कसैबाट पाउने अवसर नजुरेको त्यो एउटा सम्मान र सद्ध्भावस अब लाग्छ संसार संग अर्को बिस्व युद्धको बिगुल फुकेरै भयपनि त्यो हाम्रो सानी “भुकुल्ली” को सपनालाई एउटा गन्तब्यमा पुर्याउछु अनि मात्र लामो सास फेर्छु ।

पर्दा लगाउदै कोठालाई जति नै अध्यारो छ भन्दै झुठो बोलेर सुर्यको प्रकाश लाई छेक्न सकियन आखिर पुनस् बिदाईका हातहरु हल्लिने निस्चित भयो र अर्को सुनसान प्रहरमा हामि प्रवेस गर्यो । त्यो पलको बयान गर्न सायद कसैलाई सम्भव हुदैनस जसरि मलाई ई कलम हरु चल्दै गर्दा हुदै छ। म उनको अन्तिम तयारी मौन हेरी रहेंको थिय । दिमाख मेरै मातहत भन्दा बाहिर निक्लिसकेको थियोस के बोले मलाई नै भेउ छैन। मात्र एउटा कुरा याद छ त्यो अन्तिम पलमा मेरो आलिङ्गनमा बधिय्रर चुम्बन गर्दै गर्दा मेरो बस्त्रमा लागेको उनको लिपिस्टिको दाग लै नै प्रत्यक मेरा दिनहरु उज्याला भएका छन् ।

अब तिमि आउ बरु तुलोमा कत्ति पनि नजोखीस तिम्रो र मेरो प्रेम र एक अर्का प्रति को सम्मानको घडा लाई एक आपसमै रित्याउँदैस हाम्रा ई सम्बन्ध र आत्मियताहरु लाई एउटा नाम दिऊ। हाम्रा सम्बन्धका तारहरुलाई मसक्क कसौँ र एउटा प्रेम रुपी धुन र संगीतको श्रीजना गरौ त़ाकि हामी जस्तै विरक्तिएका साइनोहरुमाझ कालजयी सङ्गीत बनोस् हाम्रो सम्बन्ध ।

हाम्रो “भुकुल्ल”

लेखक  तारा अधिकारी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com