गुल्मीको प्रदेशसभामा वाम गठबन्धनका दुई उम्मेदार बिजयी


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको गुल्मीका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मदेवारले पकड जमाएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेका अनुसार दुई प्रदेशमा एमाले र माओवादीका उम्मेदवार बिजयी भएका छन् । मतगणना भैरहेका सबै क्षेत्रमा बामगठबन्धन बलियो मतान्तर सहित अगाडी छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश क मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले उम्मेदवार खड्गबहादुर केसी १६ हजार १ सय ६५ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शालिकराम पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका छन् ।

त्यस्तै प्रदेश २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दिनेश पन्थी १७ हजार ६ सय १ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका छन्दबहादुर पहराईले ९ हजार ५ सय ६४ मत ल्याएका छन् । प्रदेश सभाका दुवै उम्मेदवार बिजयी भैसकेको र प्रतिनिधि सभाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कमलराज गौतमले बताए ।

अहिलेसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेका सचिव प्रदिप ज्ञवाली ४ हजार बढी अन्तरले अघि छन् । ज्ञवालीले १८ हजार १ सय ९४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले १३ हजार ७ सय ९१ मत पाएका छन् । त्यस्तै क्षेत्र नं. २ मा पनि एमाले सचिव गोकर्ण विष्टले १० हजार भन्दा बढीले अग्रता लिईरहेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

विष्टले २२ हजार १ सय ७७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र केसीले १२ हजार १ सय ७७ मात्र ल्याएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा गठबन्धनका तर्फबाट माओवादीका सुदर्शन बरालले १२ हजार ८ सय ७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पृथबहादुर फौदारले ९ हजार ४ सय ८९ मत पाएका छन् । प्रदेश नं. २ मा एमालेका कमल श्रेष्ठले ११ हजार ५ सय १८ र कांग्रेसका धनेन्द्र कार्कीले ९ हजार ४ सय ६९ मत पाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com