विशेष अमेरिकी तालिममा सर्वेन्द्र, अपराध महाशाखाबाट बिदा


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल विशेष तालिमका लागि अमेरिका पुगेका छन् । नेपालमा अपराध नियन्त्रणमा विशेष चर्चा कमाएका खनाल अमेरिकाको हवाइमा हुन लागेको विशेष तालिममा सहभागी हुनेछन् । नोभेम्बरसम्म चल्ने एड्भान्स सेक्युरिटी कोअपरेशन तालिममा नेपाल प्रहरीका तर्फबाट खनाल सहभागी हुँदैछन् ।

२५ भन्दा धेरै देशका उच्च सुरक्षा अधिकारीहरु सहभागी हुने तालिममा नेपालका तर्फबाट अन्य सुरक्षा अधिकारीहरुले पनि आवेदन दिएका थिए । तर अमेरिकी सरकारले दिने उक्त तालिममा खनाल छनौट भएका हुन् । यसैबीच खनालले अपराध महाशाखाबाट आइतवारदेखि बिदा लिएका छन् । एसपी प्रकाशजंग कार्कीलाई निमित्तको जिम्मेबारी सुम्पेर तालिममा सहभागी हुन अमेरिका गएका खनालले फर्केपछि नेपाल प्रहरीमा नयाँ जिम्मेवारी लिने भएका छन् । खनालले अपराध महाशाखाको प्रमुखबाट बिदा लिएपछि महाशाखा प्रमुख भएर आउनका लागि केही एसपीहरुले दौडधुप सुरु गरिसकेका छन् ।

गतबर्षको असारमा अपराध महाशाखामा प्रमुख भएर आएयता सर्बेन्द्र खनालले गुण्डागर्दी लगायतका अपराध नियन्त्रणमा ठूलो सफलता हासिल गर्दै आएका छन् । झण्डै १४ महिनामो अवधिमा खनालले अपराध नियन्त्रणमा देखाएको कार्यकुशलताका कारण उनी चर्चाको शिखरमा रहदै आएका छन् । अपराध महाशाखामा जानका लागि आधा दर्जन एसएसपीबीच तछाडमछाड भइरहेका बेला नारायणी अञ्चलमा प्रमुख भएर तस्करीसँगै अपराध नियन्त्रणमा सफलता पाएका खनालले अपराध महाशाखामा प्रमुखको जिम्मेबारी पाएका थिए ।

सर्बेन्द्रका सात सफलता

अपराध महाशाखाको प्रमुख भइसकेपछि सर्बेन्द्र खनालका सफलताहरु कैयन रहे । तर तीमध्ये सात सफलता सबैभन्दा धेरै चर्चामा रहे । यस्ता छन् सर्बेन्द्रका सात सफलता ।

सफलता नम्बर १

गुण्डागर्दी नियन्त्रणमा सर्बेन्द्रको भूमिका उल्लेखनीय रह्यो । उनले चर्चित गुण्डा र उनीहरुका नायिकेहरुलाई तह लगाए । मष्ट वान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेलाई इन्काउन्टर गर्ने खनालको काठमाडौ आएपछिको पहिलो ठूलो सफलता थियो । घैँटेलाई इन्काउन्टर गरेको तीन घण्टाभित्र तत्कालीन गृहमन्त्री बामदेव गौतमले खनालाई बधाई दिएको कुरा सञ्चारमाध्यहरुमा छिन भरमै छायो ।
घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएको खनालले बताएका थिए । यो सफलमा नेपाली कंग्रेस धेरै खुसी देखिएनन । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइराला लगायतका वरिष्ठ नेताहरु घटनाप्रति मौन देखिए भने केही कांग्रेस नेता एसएसपी खनालमाथि खानिए नै । यस सफलतामा उनले बधाईका साथै गालीखाएको तीतो अनुभव पटक पटक सुनाउने गर्दछन् । घैँटेले उनी डीएसपी हुँदा आक्रमण गरेर गाडी तोडफोड गरिदिएको थियो ।

सफलता नम्बर २

भनेपछि गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको अप्रेसन । राष्ट्रिय खेलाडीहरूलाई नियन्त्रणमा लिनु अरुका लागि असम्भव देखिएको थियो भने उनले जिम्मेवारी समालेको केही महिलाभित्र गरेर देखाए । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमामा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो ।

सफलता नम्बर ३

नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिवलाई भ्यालखानको बाटो देखाइ दिए । यसैगरी लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाईदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो ।

सफलता नम्बर ४

उद्यमी जमिम शाहको हत्यारालाई खनाले नै पक्रउ गरे । महासाखामा जिम्मेवारी लिएर आएको एक हप्तामै उनले हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।

सफलता नम्बर ५

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

सफलता नम्बर ६

अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सी पनि उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन ,छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।

सफलता नम्बर ७

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर ठगी गर्ने यी दुई दाजुभाई हुन ।

 

विरगञ्जमा के गरेका थिए सर्बेन्द्रले ?

विरगञ्ज भन्सार लुटको सन्सार π कुनै बेलाको चर्चित भनाई हो यो । खरदारको जागिर खाने कर्मचारी पनि करोडपति हुन सक्ने ठाउँ हो विरगञ्ज भन्सार । नक्कली नोटको तस्करीदेखि सुनचाँदी र लागुऔषधको तस्करीसम्मका लागि कुख्यात नाका हो विरगञ्ज । अपहरण, हत्या, लुटपाटमा पनि उत्तिकै कुख्यात विरगञ्ज भारतीय अपराधीहरुको पनि क्रिडास्थलका रुपमा कुख्यात थियो । त्यसमाथि फोहोरको डगुंर र अव्यवस्थीत सहरले विरगञ्जलाई साँच्चिकै कुरुप बनाएको थियो । तर सर्बेन्द्र त्यहाँ गइसकेपछि भने विरगञ्जको स्वरुप र परिचय बदलियो । विरगञ्ज अञ्चल प्रहरी कार्यालयमासरुवा भएर गएका एसएसपी सर्वेन्द्र खनालको पहलमा विरगञ्जको स्वरुप बदलिएको थियो ।

खनालले जाधुको छडी चलाएका कारण विरगञ्ज बदलिएको होइन । न त उनले रातारात कुनै चमत्कार गरेका कारण नै विरगञ्ज बदलिएको हो । उनको लगातारको मिहिनेत, साहस र अठोटका कारण विरगञ्ज बदलिएको थियो । तस्करी नियन्त्रण, शान्ति सुरक्षा कायम र सरसफाइका लागि सर्वेन्द्रले गरेको प्रयास निकैहदसम्म सफल भएको थियो । उच्च राजनीतिक तहसम्म जोडिएको तस्करीलाई पनि हावाकावा पार्ने सर्वेन्द्रको हिम्मत सानोतिनो थिएन । राजधानीमा रमेश खरेलले गृहमन्त्री र प्रहरी प्रशासनकै विरुद्ध बोलेर मिडियामा चर्चा कमाइरहदा विरगञ्जमा सर्वेन्द्र बाटोमा निस्केर फोहोर सोहोरिरहेका थिए, बाटो मिचेर राखेका ट्याङकी पसल धकेलिरहेका थिए, तस्कर समातिरहेका थिए, अपहरणकारीलाई हतकडी लगाइरहेका थिए । केही प्रहरी अधिकारीहरुले प्रहरी प्रशासनकै बदख्याँई गरेर चर्चा बटुलिरहदा कुरा र प्रचारबाजी होइन काम गरेर देखाउने स्वभावका सर्वेन्द्रले विरगञ्जको स्वरुप बदल्दै प्रहरीको प्रतिष्ठा बढाइरहेका थिए ।

दक्षिणमा बीरगञ्ज भन्सार, उत्तरमा तातोपानी भन्सार । देशमा दुई ठूला भन्सार । देशको लागि सबैभन्दा धेरै राजस्व असुल्ने यी दुई वटै भन्सार लुटका कारण बदनाम छन् । भन्सारका कर्मचारी राजस्व असुल्नभन्दा तस्करलाई संरक्षण गर्न बढी रुची राख्छन् । भन्सारमा जसले सरुवा पाउ“छ, आर्थिक संसार उसैको हुन्छ । भन्सारका कर्मचारीले राजस्वमा ब्रहमलुट मच्याउदै आएका छन् । भन्सारमा राजस्वले ऐमानका ढाँट राखेको छ, तर त्यहा“ भन्सार नै नतिरी ट्रकहरु नेपाल छिर्ने गर्छन् । पहिले त भन्सारका कर्मचारीहरुका खल्तीमा मोटो रकम हालिदिएपछि ति ट्रकहरु नक्कली कागजपत्रका भरमा काठमाडौंसम्मै आउने गर्थे । तर एसएसपी सर्वेन्द्र खनालको पहलमा राजश्व चुहावट र तस्करी नियन्त्रणका लागि अञ्चल प्रहरी कार्यालय नारायणीबाट चालिएको विशेष अभियान अन्तरगत त्यस्ता गाडीहरु भटाभट समातिएका थिए ।

अञ्चल प्रहरी कार्यालय र खनालको पहलमा कहिले विरगञ्ज भन्सार कार्यालयको मुख्य नाकाबाटै भित्रिएको लाखौं मुल्य बराबरका प्रतिबन्धित औषधी नियन्त्रणमा आएका थिए त कहिले भन्सार छलेका दशौं लाख रुपैया बराबरको सुपारी नियन्त्रणमा आएको थियो ।

भारतीय नक्कली नोट र लागुऔषधी तस्करीका लागि पनि कुख्यात नाका हो विरगञ्ज । त्यो बाहेक नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपालमा लुक्ने शिलशिला पनि चर्को छ विरगञ्जमा । नक्कली नोटको तस्करी र अपराधको जालो निकै उपल्लो तहसम्म मात्र होइन कि खतरनाक स्तरसम्म नै फैलिएको अवस्थामा त्यो जालो चिर्नका लागि सर्वेन्द्रले कैची चलाउने हिम्मत गरेका थिए । नेपालमा नक्कली नोटको तस्करीको जालो अन्डरवल्र्डका कुख्यात डन दाउद इब्राहिमसम्म जोडिने गरेको छ । पाकिस्तानसँग निकट सम्बन्ध राख्दै भारतीय नक्कली नोटको तस्करीका लागि नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउनेहरुले विरगञ्ज नाकाको पनि दुरुपयोग गर्दै आएका छन् । दाउद इब्राहिमका निकट मानिने व्यक्तिले नेपालगञ्ज र विरगञ्ज नाकाबाटै छिरेर नक्कली नोटको तस्करी गर्दै आएकोमा र छोटा राजनका निकट मानिनेहरुले यीनै नाकाबाट छिरेर दाउद निकटका व्यक्तिको हत्या गर्दै आएकोमा अपराध नियन्त्रणका लागि ल्याइएको सर्बेन्द्रको योजनाका कारण त्यस्ता अपराधीहरु हच्किएका थिए ।

हवाइमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै विरगञ्जसम्म नक्कली नोटको कारोबार हुने गरेको छ भने बंगालादेशबाट समेत भारतको कोलकाता र पटना हुँदै विरगञ्जसम्म नक्कली नोटको कारोबार हुने गरेको छ । सर्वेन्द्रको नेतृत्वमा नारायणी अञ्चल प्रहरी कार्यालय विरगञ्जले नक्कली नोटको कारोबार पनि नियन्त्रण गरेको थियो ।

नक्कली नोटको कारोबारको सञ्जाल सानो भने छैन । र, सानो प्रयासबाट यसको पूर्ण नियन्त्रण कठिन छ । तर पनि सर्वेन्द्रको पहलले नक्कली नोटको कारोबारमा केही हदसम्म नियन्त्रण कायम भएको थियो । केहीवर्षअगाडि नेपालगन्जमा मारिएका मजित मनिहारले पनि दाउदसंग मिलेर नक्कली नोटको कारोबार गरेको आरोप लागेको थियो । मजिदको सम्बन्ध पाकिस्तानसंग रहेको र दाउदको मिलोमतोमा नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लागिरहेकै बेला मजितको हत्या पनि छोटा राजन समुहबाटै भएको आशंका गरिएको थियो । संचार उद्यमी जमिम शाहको हत्यालाई पनि यसै शृंखलासग जोडेर हेरिएको थियो । भारतीयहरुले उनको सम्बन्ध पनि दाउद इब्राहिमसंग भएको आरोप लगाउदै आएका थिए ।

यहि अवस्थामा छोटा राजन समुहले जमिमको हत्या गरेका थियो । उनको हत्या लगत्तै अर्को गिरोह युनुस अन्सारीको हत्याको योजना साथ नेपाल छिरेको बताइउको थियो । नभन्दै भारतविरोधी र पाकिस्तान समर्थक भनिने युनुसमाथि पनि जेलभित्रै गोली प्रहार भयो । धन्न युनुस बांचे । नक्कली नोटको कारोबारका कारण पक्राउ परेका अन्सारीको सम्बन्ध पनि दाउद संग भएको आरोप लाग्ने गरेकाले उनी छोटा राजन समुहमा निशानामा परेका थिए । यसरी भारतीय अपराधीहरुले नेपालमा तस्करी र अपराध गर्नका लागि भित्रबाहिर गर्ने नाकामा विरगञ्ज र नेपालगञ्ज नाका कुख्यात रहेपनि सर्वेन्द्र खनालको सकृयतामा कुख्यात अपराधीहरु पक्राउ पर्न थालेपछि कुख्यात डनका संरक्षणमा रहेका अन्तर्राष्ट्रिय अपराधीहरु पनि हच्किएका थिए । नेपालमा बसेर विहारमा अपराधिक गिरोह संचालन गर्ने वा भारतमा बसेर नेपालमा आपराधिक गिरोह संचालन गर्नेहरु त्राहिमाम भएका थिए ।

नेपाल र भारतको सिमावर्ती क्षेत्रका आपराधिक गिरोहका नायिके दिनेश सिंह पनि बाराको बलिरामपुर गाउँ नजिकै पक्राउ परेका थिए । लामो समयदेखि नेपालमा विभिन्न अपराधका घटनामा संलग्न हुँदै आएका भारतको विहारको पूर्वी चम्पारणका ३८ वर्षीय दिनेश सिंह भक्तपुरका एक बालकको अपहरण गरेर डेढ करोड फिरौती माग्ने लगायतका अपराधमा संलग्न थिए । त्यस्तै सर्वेन्द्र खनालकै योजनामा अञ्चल प्रहरी कार्यालय नारायणीको टोलीले ३ दर्जन भन्दा धेरै हत्यामा संलग्न र भारतीय प्रहरीको मोस्ट वाण्टेड सुचीमा रहेका बब्लु दुबेलाई पक्राउ गरेको थियो । नेपाल छिरेर विरगञ्ज आसपासमा लुकेर विहारमा आपराधिक गिरोह संचालन गर्ने दुबे २ दर्जन भन्दा बढी जबर्जस्ती असुलीका घटनामा संलग्न थिए । त्यो बाहेक एसएसपी सर्वेन्द्र खनाल अञ्चल प्रहरी कार्यालय विरगञ्जमा सरुवा भएदेखि भारतीय अपराधीहरुले मासिक रुपमा त्यहाँका ब्यापारीहरुबाट असुल्दै आएको रकम बन्द हुने सम्भावना देखिएपछि उद्योगपतिहरुमाथि आफ्नो आतंक कायम राख्न विभिन्न प्रयास गरेका थिए ।

यसै शिलशिलामा ८ वर्षीय स्लोक अग्रवाललाई विरगञ्जबाट दिउसै अपहरण गरिएको थियो । स्लोकलाई उनकै काकाले घरबाट लगी अपहरणकारीको जिम्मा लगाएका थिए । तर प्रहरी सकृयतामा स्लोकको उद्दार गरियो । उद्दारका क्रममा २ जना अपहरणकारी मारिएका थिए भने दुईजना प्रहरी घाइते भएका थिए । स्लोकलाई अपहरणमुक्त गराएकोमा उनका परिवारले एसएसपी खनाललाई रुदै धन्यवाद दिएका थिए । चारजना माओवादीको हत्यामा संलग्न भूमिगत सैन्य संगठन तराई मुक्ति मोर्चा प्रकाश समुहका कमाण्डर सुनिलदेखि गोइत समुहका सैन्य कमाण्डर चौहान सिंहसम्ममा होइन, बाराका क्षेत्र नम्बर ४ का सभासद् उम्मेदवार महमुद आलम हत्याकाण्डमा संलग्न महमुद मिया तेलीलाई पक्राउ गरेर एसएसपी सर्वेन्द्रले अपराध नियन्त्रणमा ठूलो भूमिका निभाएका थिए ।

तस्करी र अपराध नियन्त्रणमा मात्र होइन, सर्वेन्द्रले जनचेतना र सरसफाइ अभियानबाट समेत वाहीवाही बटुलेका थिए । बालविवाहविरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्नका लागि सर्वेन्द्रको पहलले अहिले त्यसक्षेत्रमा निकै हदसम्म बालविवाह नियन्त्रण भएको थियो । बालविवाह विरुद्ध संचालित नाट्य अभियानले बालविवाह विरोधी भावना जगाउन मद्दत गरेको थियो । त्यस्तै सर्वेन्द्रको सरसफाइ अभियानले विरगञ्जको मुहार नै बदलिएको थियो । बाटोमा जथाभावी राखिएका तुल र ब्यानरले कुरुप बनाएको विरगञ्ज अहिले धेरै गुणा सुन्दर बनेको थियो ।

कहिले सभासद्लाई त कहिले नेतालाई , कहिले सडक विभागलाई त कहिले नगरपालिकालाई बाध्य बनाएर सर्वेन्द्रले विरगञ्जको मुहार बदलिदिएका थिए । छाप्रोमा संचालन भइरहेको विरगञ्ज नाकामा रहेको प्रहरी चौकीको ठाउमा सर्वेन्द्रकै पहलमा सुन्दर र सफा नयाँ चौकी बनाइएको हो । विरगञ्जको बाटोको बीचबीचमा फूल र विरुवा रोपेर हरियाली बनाइयो । ट्राफिक व्यवस्थापन र सरसफाइ अभियानका कारण पनि एसएसपी सर्वेन्द्र खनालको लोकप्रियता त्यस क्षेत्रमा ह्वात्तै बढ्यो ।

जनतासँग सामञ्जस्यता कायम गर्दै अगाडि बढेका कारण पनि सर्वेन्द्र विरगञ्जमा लोकप्रिय भएका थिए । उनी विरगञ्जमा गएपछि भारतीय प्रहरीसँग कायम गरेको समन्वय पनि उल्लेखनीय छ । यस अगाडि त्यसक्षेत्रमा भारतीय प्रहरी र नेपाल प्रहरीबीचको सम्बन्ध निकै बिग्रेको थियो । सर्वेन्द्रले त्यो सम्बन्धलाई सुधारेर भारतीय प्रहरीसँग समन्वय कायम गर्दै अपराध नियन्त्रणमा बाजी मारे । तस्करी नियन्त्रण, अपराध नियन्त्रण, सरसफाई र चनचेतना जगाउने अभियानमा सकृय एसएसपी सर्वेन्द्र खनालको साहस, योजना र सृजनाशिलताबाट अन्य प्रहरी अधिकृतहरुले पनि सिक्न लायक थियो ।
जनकपुर, पर्सा लगायतको स्थानमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खोल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । उनले नेतृत्व समालेपछि माहाशाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गरिसकेको छ । राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन् भन्दा फरक पर्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com