राष्ट्रपतिद्वारा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् । उनी सोमबार बिहान साढे ९ बजे लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेकी थिइन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातबाट निधन भएको थियो । निधनको खबर पाएलगत्तै राष्ट्रपति भण्डारी आइतबार पनि प्रचण्ड निवास पुगेकी थिइन् ।

दाहाल परिवारलाई भेट्न जानेहरुको सोमबार बिहान पनि भिडभाड छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com