राजन थपलियाको ‘फिफ्टी फाइभ इयर्स’


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

न्युयोर्क निवासी चर्चित युवा लेखक राजन थपलियाको ४३ पृष्ठ लामो कथा फिफ्टी फाइभ इयर्स (पचपन्न बर्ष) सार्वजनिक भएको छ । ४३ बर्षसम्म जेलमा विताएका एकजना कैदीको कथामा आधारित कथा फिफ्टी फाइभ इयर्स अमेजनमार्फत सार्वजनिक गरिएको हो । १८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

थपलियाको कथा पढ्न यहाँ क्लिक गर्नुहोला ।

अमेजन किन्डलमा उपलब्ध यो कथाको मूल्य ५ डलर राखिएको छ । ब्रान्स एण्ड नोबल, इबे, एप्पलको आइबुक लगायतमा पनि यो कथा छिट्टै उपलब्ध हुने कथाकार थपलियाले जानकारी दिएका छन् । ईबुकमा बजारमा आएको थपलियाको यो १२ औं कृति हो । थपलियाका यसअगाडिका ११ पुस्तक प्रिन्टमा समेत उपलब्ध छन् । हालै उनको पुस्तक शतप्रतिशत जीवन अर्थात् हण्ड्रेड पर्सेन्ट लाइफ बजारमा आएको थियो । जेलबाट छुटेपछि पनि आफ्नो बाल्यकालको सपना पूरा गरेका काल्पनिक पात्र डानियलको कथाले जीवनमा केही गर्न नसकेको भन्दै निराश हुनेहरुलाई समेत उच्च मनोवल प्रदान गर्ने लेखकको अपेक्षा छ ।

यो कथा पछि उपन्यासका रुपमा प्रकाशित हुने थपलियाले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com