चन्द्र धरातलमा पुगेका बज अल्डारिन नेपाल आउँदै


प्रकाशित मिति : श्रावण १७, २०७३ सोमबार

 

चन्द्र धरातलमा २० जुलाई १९६९ मा निल आर्म्सट्रंगको साथमा पहिलो पाइला राख्न दुई मध्यका एक बज अल्डारिन नेपाल भ्रमणमा आउने भएका छन् । छयासी वर्षीय अल्डारिन सेप्टेम्बर ४ तारिखमा आउने र ८ तारिख अमेरिका फर्कने योजना रहेको छ ।

एभरेस्ट साइन्स सेन्टरको निमन्त्रणामा एक हप्ता लामो नेपाल भ्रमणमा आउन लागेको बज ४ तारिख नेपाल आउने, ५ मा माउन्टेन फ्लाइटमा जाने त्यस पश्चात् बुद्धको जन्मस्थल लुम्बिनी जाने, ६ तारिख सेन्टरमा उनको भाषण र छलफल गर्ने तथा ७ र ८ मा नेपाल राजकीय प्रज्ञा प्रतिस्ठानमा अन्तर्क्िरया कार्यक्रमको आयोजना गर्न लागेको सेन्टरका अध्यक्ष दिलीप अधिकारीले जानकारी दिए ।

आफ्नो भ्रमणको क्रममा अल्डारिनले चन्द्रमा पाइला टेक्दाको अनुभव र मङ्गल ग्रहमा मानव बस्ती बसाउने बारेमा छलफल गर्नेछन । केन्द्रको लामो प्रयास पश्चात् नेपाल आउन लागेका अल्डारिनको कार्यक्रममा पाँच हजार भन्दा बढी व्यक्तिहरू सहभागी रहने अधिकारीले बताए।

उनी आफ्नो छोरा, बुहारी र नासा हिउजटनको डाइरेक्टर एलिजावेथ विल्सनको साथमा आउन लागेकाछन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com