टेक्सासबाट बेपत्ता २० वर्षीय कुशल अर्याल सकुशल फेला


प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार

टेक्सासको फोर्ट वर्थबाट विगत केही दिनदेखि बेपत्ता भएका २० वर्षीय नेपाली युवा कुशल अर्याल सकुशल फेला परेका छन्। कुशलका परिवारजनले उनी सकुशल भेटिएको पुष्टि गर्दै सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

कुशल अर्यालको खोजीका लागि प्रहरी तथा नेपाली समुदायले सक्रियता देखाएका थिए। उनको स्वास्थ्य समस्या र सम्पर्कविहीन अवस्थाले परिवार निकै चिन्तित बनेको थियो। तर, अहिले उनी सुरक्षित अवस्थामा भेटिएपछि परिवारमा खुसी छाएको छ।

उनी झण्डै एकसाता अगाडि फोर्ट वर्थस्थित आफ्नो अपार्टमेन्टबाट उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तित भएका थिए । कुशल अर्यालको फोन पहुँचबाहिर थियो भने उनको निलो रङ्गको २०२३ मोडलको निशान रोग गाडीको पनि कुनै गतिविधि देखिएको थिएन । उनी केही समयदेखि व्यक्तिगत स्वास्थ्य समस्यासँग जुधिरहेका थिए, जसले गर्दा परिवार थप चिन्तित बनेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com