टेक्सासबाट बेपत्ता २० वर्षीय कुशल अर्याल सकुशल फेला


प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार

टेक्सासको फोर्ट वर्थबाट विगत केही दिनदेखि बेपत्ता भएका २० वर्षीय नेपाली युवा कुशल अर्याल सकुशल फेला परेका छन्। कुशलका परिवारजनले उनी सकुशल भेटिएको पुष्टि गर्दै सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

कुशल अर्यालको खोजीका लागि प्रहरी तथा नेपाली समुदायले सक्रियता देखाएका थिए। उनको स्वास्थ्य समस्या र सम्पर्कविहीन अवस्थाले परिवार निकै चिन्तित बनेको थियो। तर, अहिले उनी सुरक्षित अवस्थामा भेटिएपछि परिवारमा खुसी छाएको छ।

उनी झण्डै एकसाता अगाडि फोर्ट वर्थस्थित आफ्नो अपार्टमेन्टबाट उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तित भएका थिए । कुशल अर्यालको फोन पहुँचबाहिर थियो भने उनको निलो रङ्गको २०२३ मोडलको निशान रोग गाडीको पनि कुनै गतिविधि देखिएको थिएन । उनी केही समयदेखि व्यक्तिगत स्वास्थ्य समस्यासँग जुधिरहेका थिए, जसले गर्दा परिवार थप चिन्तित बनेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com