चर्चित होइन प्यारो बन्न चाहने कवि नवराज पराजुली


प्रकाशित मिति : आश्विन २५, २०७४ बुधबार

चर्चित होइन प्यारो बन्न चाहने कवि नवराज पराजुली ८ वर्ष अगाडी काठमाडौँ आएका हुन । हाल कीर्तिपुर बस्दै आएका पराजुली युवाहरुमाझ बढ्दो कविताको क्रेज खुशी छन् । स्वच्छन्दवादलाई पछ्यादै कविता लेख्ने पराजुली अरुलाई पनि मनभित्र गुम्सिएको कुरालाई प्रस्तुत गर्न अनुरोध गर्छन् ।

नवराज ज पराजुली युबापुस्तामाझ लोकप्रिय कवि हुन् । झापामा जन्मेका पराजुली आफ्नो कविता यात्रा अनौपचारिक रुपमा आफुले अक्षर नचिन्दा नै सुरु भयको तर यो यात्राले औपचारिकता पाएको केबल छ वर्ष मात्रै भएको बताउँछन् । सगरमाथाको गहिराई नामक कविताले परिचित भएका कवि पराजुली आफ्नो पहिलो कविता पनि यही भएको बताउछन ।

अक्षर नचिन्दा नै आफ्नो बुबाले बाचन गरेको कबिता सुनेर रुने गरेका पराजुली कविताले बाल मनोबिज्ञानमा प्रतक्ष प्रभाव पार्ने बताए । आफ्नो बाल्यकाल सम्झदै ‘नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ’ भन्ने कबिता सुनेर कोपिला टिप्न डराएको र नटिपेको अनि ‘कुविचार’ भने कथाबाट प्रभावित भएर आफु पनि राम्रो बन्नु पर्छ भन्ने सोच आएको उनी बताउँछन् । कविताको शब्दको पूर्ण अर्थ बाल मस्तिस्कले प्रस्ट नबुझेपनि सकारात्मक सोचको बिकास गर्ने उनको भनाई छ ।

बाल्यकालका कुनैपनि कुरा यादगर हुन्छन् । त्यही यादगर कुराहरु आज नवराज पराजुलीका कविता बनेका छन । स्कुल पढ्दा अब्बल विद्यार्थी रहेका पराजुली गुच्चा खेल्नमापनि धेरै अगाडि थिए । सानै देखिनै कल्पनामा रमाउने सरल स्वभावका कवि पराजुली उमेरले तीन दसक पार गरेपनि आफु भखर टिनेजर नै जस्तो लाग्ने बताए । कल्पनामा नै बडी रमाउने पराजुली कल्पनामा नै धेरै जीवन बिताइसकेका छन् ।

पराजुलीको कबिता सुनीरहदा अथवा पढिरहदा देशभक्ति जाग्छ ।

‘यो संसारको कुनै महान चित्रकारलाई
विश्व पोत्न पुग्ने रंग चाहिए
मेरो देशको गुराससँग सापटी माग्नु ,
तर यो कुरा चाही पछि गरौला
कि मैले खाने चामलको रंग किन्न म आफु चाँही अरब आएको छु ।’

 

कविताका यी शब्दहरु अहिलेको नेपलको वास्तविकता बोल्छन् । त्यस्तै उनका कवितामा प्रेमको सुवास पनि पाइन्छ । त्यो भाव उनी यसरी व्यक्त गर्छन् ।

‘मैले पहिले जसलाई प्रेम गरेको थिएँ ,
एक दुधिलो मकैको घोगा जस्तै थिई ,
अहिले तिमी उ त्यो खोयालाई हेर त
त्यो खोयाको जिउभरि खाल्डै खाल्डाहरु देखिरहेकी छौ
ती सबै खाल्डाहरु उसलाई छोडेर गएका मकैका दानाहरुको याद हो ..

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com