अमेरिकाबाट स्वेच्छिक रुपमा फर्कने कागजातविहीनलाई जरिवाना र सजाय छुट दिइने


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एक महत्त्वपूर्ण घोषणा गर्दै अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूले सीबीपी होम मोबाइल एप प्रयोग गरी स्वेच्छिक रूपमा देश छाडेमा उनीहरूलाई हालसम्म लागेको जरिवाना तथा अन्य सजाय माफ गरिने जनाएको छ।

हाल अमेरिकी अध्यागमन कानुनअनुसार,  डिपोर्टेशन अर्डर जारी भइसकेपछि पनि अमेरिका नछाड्ने व्यक्तिहरूलाई प्रति दिन करिब १,००० डलर जरिवाना लाग्ने प्रावधान छ। यसैगरी, स्वेच्छिक रूपमा स्वदेश फर्कन पाउने आदेश पाएर पनि समयमा नफर्किएका व्यक्तिहरूलाई पनि जरिवाना तोकिएको छ। होमल्याण्ड सेक्युरिटीले हालसम्म करिब ९,००० भन्दा बढी अवैध आप्रवासीहरूलाई लगभग ३ बिलियन बराबरको जरिवानासम्बन्धी सूचना पठाइसकेको छ।

मन्त्रालयले सीबीपी होम मोबाइल एपको प्रयोग प्रक्रियालाई समेत सरल बनाएको बताएको छ । केही अनावश्यक चरणहरू हटाई एपलाई प्रयोगकर्तामैत्री बनाइएको छ, जसले गर्दा स्वेच्छिक रूपमा देश छाड्न चाहने व्यक्तिका लागि यो प्रक्रिया अझ सहज र छिटो हुनेछ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी रिस्टी नोएमले भनेकी छन्,, “यदि तपाईं अवैध रूपमा अमेरिकामा बसिरहनुभएको छ भने, सीबीपी होम एप प्रयोग गरी आफैं स्वदेश फर्कनुहोस् र घर फर्कनका लागि लाग्ने खर्चसहित १,००० डलरको बोनस प्राप्त गर्नुहोस्। यदि तपाईंले स्वेच्छिक रूपमा नफर्किने हो भने, तपाईंले जरिवाना, पक्राउ, निर्वासन तथा आजीवन अमेरिका प्रवेशमा प्रतिबन्धको सामना गर्नुपर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारले स्वेच्छिक रूपमा अमेरिका छाड्ने अवैध आप्रवासीहरूलाई निःशुल्क यात्रा सुविधाका साथै स्वदेश फर्किएको पुष्टि भएपछि १,००० डलर बोनस प्रदान गर्ने जनाएको छ। मन्त्रालयले यो स्वेच्छिक घर फिर्ती प्रक्रिया सबैभन्दा सुरक्षित र सस्तो विकल्प भएको भन्दै अवैध बसोबासकर्ताहरूलाई जतिसक्दो चाँडो देश छाड्न आह्वान गरेको छ। यसरी फर्किएकाहरूले भविष्यमा वैधानिक तरिकाबाट पुनः अमेरिका प्रवेश गर्ने सम्भावना सुरक्षित गर्न सक्ने मन्त्रालयको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com