नेपाली नयाँ वर्षको अवसरमा अमेरिकाको मेरिल्यान्डमा ब्याडमिन्टन प्रतियोगिता आयोजना


प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

अमेरिकाको मेरिल्यान्ड नेप्लिज ब्याडमिन्टन क्लबले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। उक्त प्रतियोगिता यहीँ अप्रिल १२ मा क्यापिटल ब्याडमिन्टन एकेडेमी, कोलम्बिया, मेरिल्यान्डमा हुनेछ । प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

क्लबका सल्लाहकार मिलन बुढाथोकीका अनुसार प्रतियोगिताले नेपाली मूलका खेलाडीहरूलाई एकसाथ ल्याई खेलकुदको माध्यमबाट मित्रता, खेल भावना र सांस्कृतिक ऐक्यबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। प्रतियोगिता पुरुष ओपन डबल्स विधामा हुनेछ, जसमा नेपाली मूलका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार दुई हजार डलर र ट्रफी राखिएको छ भने उपविजेताले एक हजार डलर प्रदान गरिनेछ। यो पुरस्कार बाल्टिमोर बिजनेस ब्रोकरेजले प्रायोजन गरेको हो।

प्रतियोगितामा सहभागी हुन चाहने नेपाली मूलका खेलाडीहरूले अहिले नै दर्ता गर्न सक्ने क्लबका अध्यक्ष कुल बहादुर रोकाले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगिताले रोमाञ्चक प्रतिस्पर्धा, समुदायको संलग्नता र नेपाली नयाँ वर्षको उत्साह बोकेको क्लबका सदस्य दामोदर पौडेल बताउँछन् । अमेरिकामा रहेका सम्पूर्ण नेपाली मूलका ब्याडमिन्टन खेलाडीहरूलाई सहभागिताका लागि आह्वान गरिएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com