नयाँदिल्ली, (रासस÷सिन्ह्वा) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताउनु भएको छ ।
भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउका हुन वा सहरका, ती सवैको एक एक ओटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता हुनेछ ।”
प्रधानमन्त्री मोदीले आफ्नो सरकारको मुख्य एजेण्डा विकास भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विकास नै हाम्रा संपूर्ण समस्याको समाधान हो ।”
“सरकार केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै होइन, हामीले राष्ट्रको हितका लागि प्राथमिकता दिएका छौं” प्रधानमन्त्री मोदीको भनाई थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार देखि बाराणसीमा हुनुुहन्छ
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।