इण्डोनेसिया: बाली ज्वालामुखी उच्च सतर्कता
प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार
सन् १९६३ मा ज्वालामुखी विस्फोट हुँदा १ हजारभन्दा बढीको ज्यान गएको थियोकरिब १० हजार मानिसहरुलाई सुरक्षित स्थलतर्फ लगिएको छ। अधिकारीहरुले माउन्ट आगुङबाट कम्तीमा नौ किलोमिटर टाढा बस्न आग्रह गरेका छन्।
त्यहाँ थुप्रै परकम्पहरु रेकर्ड गरिएका छन् र अधिकारीहरुले पृथ्वीको गर्भबाट म्याग्मा सतहमा आउन माथि सरिरहेको संकेत मिलेको बताएका छन्।
सन् १९६३ मा माउण्ट आगुङमा ज्वालामुखी आउँदा एक हजारभन्दा बढीको ज्यान गएको थियो।
हरेक वर्ष लाखौं विदेशी पर्यटकले प्रयोग गर्ने बालीको डेनपसरस्थित अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म नियमित रुपमै चलिरहेको अधिकारीहरुले बताएका छन्।
भविष्यवाणी
अष्ट्रेलियाको विदेश मामिला मन्त्रालयले यदि ज्वालामुखी विस्फोट भएमा हवाई यातायात गम्भीर रुपले प्रभावित हुने बताएको छ।
उद्धार गरिएका मानिसलाई शिविरहरुमा राखिएको छअहिले ज्वालामुखी हुन लागेको भविष्यवाणी सन १९६३ मा भएको विस्फोटका बेलाको गतिविधिका आधारमा गरिएको हो।
त्यसबेला ज्वालामुखी विस्फोट हुँदा ठूलो मात्रामा पृथ्वीको गर्भको वस्तु बाहिर निस्केको थियो र निकै धेरै लाभा बहेको थियो।
त्यसमा ग्यासको तातो बादल, खरानी र ज्वालामुखी पदार्थ पनि थिए।
माउण्ट आगुङ समुन्द्र सतह भन्दा ३००० मिटर माथि छ र बालीको पूर्वतिर रहेको छ।
यो इन्डोनेसियामा रहेका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो।
प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’मा अवस्थित टापुहरुको यो समूह भूकम्प र ज्वालामुखीको खतरा क्षेत्रमा पर्छ।
BBC Nepali






