बागलुङ सेवा समाज न्युयोर्कको अध्यक्षमा कँडेल, महासचिवमा सुनार
प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

बागलुङ सेवा समाज अमेरिका-न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जीवनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा विमल हमाल, उपाध्यक्षमा सुजन बस्याल, महिला उपाध्यक्षमा मायादेवी पुन मगर र महासचिवमा जीवनदास सुनार निर्विरोध चयन भएका छन् त्यस्तै, सचिव द्वयमा नवराज सापकोटा र अशोक खड्का, कोषाध्यक्षमा विशाल निउरे, सह कोषाध्यक्षमा प्रभा रिजाल सापकोटा, र यूथ कोर्डिनेटरमा प्रेम भट्टराई चयन भएका छन्। सदस्यहरूमा हरि आचार्य, गगन थापा र कृष्ण बोहोरा रहेका छन्।
न्युयोर्कमा बसोबास गर्ने बागलुङवासीहरूको बाक्लो उपस्थिति रहेको अधिवेशनमा बागलुङ सेवा समाज अमेरिका महाधिवेशन समायोजन समितिका अध्यक्ष गौरिश्वर शर्माले प्रवासमा पनि बागलुङ सेवा समाजले जिल्लावासीका लागि निरन्तर काम गरिरहेको बताए। उनले नवनिर्वाचित नयाँ कार्यसमितिले ऐतिहासिक काम गर्ने शुभकामना पनि दिए।
बागलुङ सेवा समाज केन्द्रीय अध्यक्ष सकस जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका निवर्तमान सचिव दिपु श्रीष मगरले गरेका थिए।