मध्य मेक्सिकोमा ठूलो भूइँचालो आउँदा कम्तीमा १०० जनाको ज्यान गएको र राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ।
उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्।
उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्।
७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको हो।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो।
मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए।
मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो। यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजना मारिएका थिए।
सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको छ।
BBC Nepali
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।