बिहान सात बजेदेखि शुरु भएको प्रदेश नम्बर दुईको स्थानीय तहका निम्ति भएको मतदानको कार्यक्रम साँझ पाँच बजे सम्पन्न भएको बताइएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म अधिकांश स्थलमा शान्तिपूर्ण रुपमै मतदान सम्पन्न भएका खबर आएका छन्। कतैपनि मतदान स्थगित गर्नु नपरेको आयोगले बताएको छ।
मतदान सकिएका स्थलहरुमा मतपेटिका व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ।
साँझसम्ममा ७० प्रतिशतभन्दा धेरै मतदाताले मतदान गरेको प्रारम्भिक अनुमान आयोगले गरेको प्रवक्ता नवराज ढकालले बताएका छन्।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
अपरान्ह तीन बजेसम्म ६३ प्रतिशत मत खसिसकेको आयोगले जनाएको थियो।
मतदान सम्पन्न भएसंगै अब मतपेटिकाहरु गणनास्थलमा ल्याइ गणना गरिने प्रकृया शुरु हुनेछ।
सोमबार स्थानीय तहको तेस्रो चरण अन्तर्गत तराईका आठवटा जिल्लामा १३६ स्थानीय तहका निम्ति मतदान भएको छ।
त्यहाँ एउटा महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका रहेका छन्।
सो प्रदेशमा साढे २६ लाख मतदाता रहेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।