तीन सय वर्ष पुरानो मन्दिर चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै


प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार

चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ ।

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि ३७ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा २७ लाख सङ्घीय सरकार र १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ ।
विसं २०४७ मा रु ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन ।

कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो ।

तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताउनुभयो ।

विसं २०४७ मा ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ ।

मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताउनुभयो ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com