कुवेतमा आगलागीमा ज्यान गुमाउनेका परिवारलाई मोदी सरकारले २-२ लाख सहयोग गर्ने


प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार

(240612) — MANGAF, June 12, 2024 (Xinhua) — Staff members work at the site of a fire in Mangaf, Ahmadi Governorate, Kuwait, June 12, 2024. At least 35 people were killed in a fire in a residential building in the city of Mangaf in southern Kuwait on Wednesday, with dozens of people injured, according to local media. (Photo by Asad/Xinhua)

कुवेतमा भएको आगलागीमा परी मृत्यु हुने ४० भारतीयको परिवारलाई भारत सरकारले २/२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कुवेतमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति सम्पूर्ण विषयमा बैठक गरेका थिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा परी मृत्यु हुने ४९ जनामध्ये ४० भारतीय पनि छन् ।

समीक्षा बैठकमा मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारत सरकारले कुवेत आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुवेतको दक्षिणी अहमद गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको बहुमंजिला आवासीय भवनको भुइँ तल्लामा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ । जसमध्ये ४० जना भारतीय थिए। यस दुर्घटनामा ५० जना घाइते भएका छन् र उनीहरुको विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com