न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी भएको छ । विहान ११ बजेतिर आगलागी भएको थियो । विद्युत शटबाट आगलागी सुरु भएको आशंका गरियतापनि पुष्टी हुन भने बाँकी रहेको छ ।
७४ स्ट्रीटको ४०१४ मा आगलागी हुँदा झण्डै डेढलाख डलरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यतीबेला कार्यालयहरु सुरु भइसकेका थिए । अचानक आगलागी भएपछि भवन खाली गरिएको र मानवीय क्षति हुन नपाएको जनाइएको छ ।
घटनामा कोहीपनि घाइते भएका छैनन् । तर कार्यालयहरुमा क्षति पुगेको छ । प्राइम ट्याक्स एण्ड एकान्टिङको मुख्य कार्यालयमा आगलागी भएपछि कार्यालय तत्कालका लागि ७४ स्ट्रीटको ४०१६ भवनमा सारिएको प्राइम ट्याक्सका प्रविन केसीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
आफूहरु सुरक्षित रहेको र सेवाग्राहीका सबै डाटाहरु पनि सुरक्षित रहेको उनले जनाएका छन् । आफूहरुले नयाँ स्थानमा सारिएको कार्यालयबाट पूर्णरुपमा सेवा दिने समेत उनले जानकारी दिएका छन् ।
उक्त भवनमा शशी अधिकारी संचालक रहेको कस्मिक इन्सुरेन्स र भिसा सम्बन्धि काम गर्ने कार्यलय समेत रहेको जनाइएको छ ।
यो समाचार अपडेटको क्रममा छ । थप जानकारी पछि अपडेट गरिनेछ ।
फोटो: शशी अधिकारी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।