साउदीआवद्ध हवाई कारबाहीमा ४२ सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

जेनेभा, ९ भदौ । ंयमनमा गत हप्ता भएको साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिएका छन ।

सो कारबाहीमा मारिएका सर्वसाधारणहरुमा बालबालिका पनि रहेका संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले शुक्रबार जानकारी दिएको छ ।

गत अगस्त १७ बाट २४ सम्म भएका यस्ता हवाई कारबाहीका ५८ जना सर्वासाधारण मारिएका सो कार्यालयले बताएको छ ।

यद्यपी जसमध्ये ४२ जना भने साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा मारिएका संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोस्सेलले बताउनु भएको छ ।

साउदी अरेबियाले हुथी विद्रोहीहरु लक्षित कारबाही गर्दै आएको छ । साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

यमनमा हालका दिनमा साउदी अरेबिया आवद्ध हवाई कारबाही बारम्बार हुने गरेको पाइन्छ । यस्ता कारबाहीहरु निर्दोष सर्वसाधारण ज्यान गुमाउने क्रम पनि जारी रहेको छ ।
–ः ४ ः–

गत जुनमा उत्तरी यमनको बजार इलाकामा भएको हवाई कारबाहीमा परी २४ सर्वसाधारण मारिएका थिए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com