भिसा स्टीकरको साटो डिजिटल भिसा परिक्षण गर्दै अमेरिकी विदेश मन्त्रालय


प्रकाशित मिति : भाद्र २९, २०८० शुक्रबार

अमेरिकी विदेश मन्त्रालयले पासपोर्टमा भिसा स्टीकरको साटो डिजिटल भिसा परिक्षण सुरु गरेको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला ब्यूरोले आवेदकहरूको राहदानीमा छापिएको र राखिएको परम्परागत भिसाको सट्टा डिजिटल भिसा प्राधिकरण जारी गर्ने क्षमता विकास गरिरहेको छ।

डब्लिनमा रहेको अमेरिकी दूतावासले थोरै संख्यामा मंगेतर भिसा के वानका लागि डिजिटल भिसा प्रमाणीकरण सञ्चालन गरिरहेको छ। यदि अवधारणाको यो प्रारम्भिक प्रमाण सफल भएमा भविष्यमा अन्य भिसामा पनि यसको विस्तार गरिने अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।

यूएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनको कागजात प्रमाणीकरण कार्यक्रमले यात्रुसँग डिजिटल भिसा वा यात्राका लागि मान्यताप्राप्त अन्य प्रमाणहरु भएकोबारे डिजिटल रूपमा एयरलाइनहरूलाई सूचित गर्नेछ ।

आइरिस सरकारसँगको ऐतिहासिक रूपमा बलियो साझेदारी, डब्लिनको दूतावासको कन्सुलर सेक्सनको सहजता, यूएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीको उपस्थितिको कारणले गर्दा अमेरिकी दूतावास डब्लिन यो अवधारणाको प्रारम्भिक कार्य सञ्चालन गर्न एक आदर्श स्थान भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । डब्लिनबाट सीधै अमेरिकामा उडान गर्ने एयरलाइन्सहरू पहिले नै सीबीपीको कागजात प्रमाणीकरण कार्यक्रममा नामांकन भइसकेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले केवान भिसाको साथ यो अवधारणा सञ्चालन गरिरहेको छ । किनभने तिनीहरू एकपटकमात्र प्रयोग हुने र एकपटकमात्र प्रवेश गर्न पाइने भिसाहरु हुन् । डब्लिनबाट सिधै अमेरिका यात्रा गर्ने योजना बनाउने यात्रुहरूलाई मात्र यो जारी गरिनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com