चलचित्रले विस्तारै प्रभाव पार्छ : निर्देशक सायमी


प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार

चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ । निर्देशकसँगै समीक्षकसमेत रहनुभएका निर्देशक सायमी चलचित्रले विस्तारै प्रभाव पार्ने बताउनुभयो ।

“कुनै देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ । उनीहरूको संस्कृति, वेशभूषा र जीवनशैलीसमेत हामीले चलचित्रमार्फत लिइरहेका हुन्छौँ । यो नजानिदो किसिमले हामीमा परिरहेको प्रभाव हो”, निर्देशक सायमीले भन्नुभयो, “चलचित्र हेर्दा विचार गर्नुस् त हिरोहरू आफूलाई जोखिममा राखेर भए पनि अरुको रक्षा गर्छन् । त्यो केही चलचित्रमा देशले पनि गरेका छन् । यसले केही न केही प्रभाव त छाडेको छ ।” उहाँले नेपालमै बालबालिकाले विदेशी कार्टुन र शृङ्खला हेरेर त्यही भाषासमेत सिकिरहेको बताउनुभयो ।

राजनीतिज्ञ डा लीला न्याइच्याईंले नेपालमै समेत भाषा हराउँदै गरेको बताउनुभयो । “मेरै घरमा बच्चाले नेवार भाषा बोल्न जान्दैनन् किनकी उनीहरूको प्रयोगमा भाषा निकै कम आउँछ । म आफैँ बोल्छु तर लेख्नु सहज छैन । अब आउने पुस्तासम्म मातृभाषा पु¥याउन सहज छैन”, उहाँले भन्नुभयो, “यो चलचित्रकै प्रभाव हो किनकि नेपालीबाहेक अन्य भाषामा निकै कम चलचित्र बन्ने गरेका छन् ।”

प्रा खड्ग केसीले चलचित्रसम्बन्धी अध्ययन गर्न नेपाल सरकारले नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “अन्य देशको आर्थिक अवस्था र पर्यटनमा समेत चलचित्रले टेवा पु¥याउने गरेको छ । हामीकहाँ त्यसको समन्वय नभएको हो कि जस्तो छ । अब व्यवस्थितरूपमै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

चलचित्रमार्फत निर्माण हुने सोचले कालान्तरमा असर गर्ने निर्देशक सायमीको बुझाइ छ । उहाँले विद्यार्थीले शिक्षणका लागि रोज्ने देश, घुम्न तय गर्ने स्थानमा समेत चलचित्रको प्रभाव पर्ने गरेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com