पल शाह, सन्दीप लामिछाने र रवि लामिछाने प्रकरणले सिकाएका पाठहरु


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने भगवान श्रीकृष्ण वाणीबाट शुरु गरें । रवि मात्र होइन हालै चर्चामा आएका पल शाह, सन्दिप लामिछाने, कृष्ण महरा र बालेन शाहको समेत प्रसङ्ग जोड्ने छु । यहाँ मेरो उद्देश्य मात्र सकारात्मक पक्षलाई केलाउनु हो ।

पल शाह, सन्दीप लामिछाने र कृष्ण महरा प्रसङ्गले भन्छन् कि शक्ति, प्रसिद्धि, क्षमता, पद, धन हुनेले गैऱकानुनी र अनैतिक काम गर्नु स्वभाविक हो भन्ने ठान्ने दिन सकिए । शक्ति, प्रसिद्धि, क्षमता, पद, धन हुनेले अझ सचेत बनेर समाजलाई नैतिकता समेत सिकाउनु पर्छ भन्ने शिक्षा पनि लिनु जरुरी छ ।

पल र सन्दीपको प्रसङ्गमा हामी कतिपयलाई लाग्ने गर्छ के अब कुनै केटीलाई आइ लव यू भन्न भन्दा पहिले तिम्रो नागरिकता देखाउ भनेर सोध्नु पर्ने? तर त्यसमा अनौंठो मान्नु पर्ने के छ र ? तिम्रो नाम के हो, कति वर्षकि भयौं, घर कहा हो आदि प्रश्न नै गरेर मात्र प्रेम प्रस्ताव गर्नु पर्छ, त्यस माथि सेक्सको कुरा त अझ गम्भिर हुने नै भयो । एउटा परिचय पत्र जस्तो चालक अनुमति पत्र, विद्यार्थी परिचय पत्र वा कुनै उमेर खुलेको परिचय पत्र बोकिन्छ नै । कुनै ब्यक्ति हेर्दा कलिलै जस्तो लाग्छ भने ब्यक्तिको उमेर कति हो भन्ने समेत हेक्का गर्नु पर्छ ।

कृष्ण महरा जस्ता प्रतिष्ठित ब्यक्तिले नैतिकता सिकाउनु, अभिभवकत्व दिनुपर्छ । अनुमति लिएर पनि अर्काको श्रीमति एक्लै अवस्थामा रहेको बेलामा अनाबस्यक रुपमा एकान्तमा भेट गर्नु पनि हुदैन।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एकातिर शक्ति, प्रसिद्धि, पद, क्षमतावान ले अनैतिक कार्य गर्नु हुदैन तर यस पटकको यस्ता बक्तिहरूको संलग्नता हुनु अर्को शुखद पक्ष छ । यस्ता बलत्कार केशहरू समाजमा घटिरहेका हुन्छन् । यी अहिले मात्र घटेका होइनन् । तर कुनै प्रशिद्धि नपाएका मानिसहरूको सम्लग्नता भएका केशहरूमा कसैको चासो हुँदैन । त्यसले दिने शिक्षा एउटा सानो क्षेत्रमा मात्र सीमित हुन्छ , त्यति ब्यापक हुँदैन र त्यसको प्रभाव समाज वा राष्ट्रमा तति पर्दैन जति अहिले परेको छ।

त्यसैले नेपाली सामाज, राजनीति, सामाजिक जीवन र सामाजिक सन्जालमा भइरहेका धेरै जसो गतिबिधि र तीनका बारेमा दिइएका प्रतिकृया र अभिब्यक्ति प्रति समग्र रुपमा अत्यन्तै सकारात्मक छन् । दुःखी हुनु पर्ने कारण थोरै छन खुशी हुने कारण धेरै छन् । कालो बादलमा चाँदिको घेरा हुन्छ । अर्को पक्ष भनेको केटा पक्षलाई मात्र एक तर्फि रुपमा दोषी ठहऱ्याउनु हुँदैन भन्ने आबाज र अदालत द्वारा गरिएका केहि लचिला निर्णयले महिलाहरूले अधिकारको दुरुपयोग नगरुन भन्ने सन्देश पनि प्रशारण गरिरहेका छन् ।

अब प्रशङ्ग बालेन शाहको । बालेन शाह, हर्क सांपाङ जस्ता स्वतन्त्र ब्यक्तिहरूको उदय गराएर नेपाली जनताले राजनीतिक दलहरूलाई सबक सिकाएका छन् । स्वतन्त्र ब्यक्तिको काम गराइ बोलीचाली लाई लिएर हुने टिका टिप्पणि हुनु पनि सकारात्मक छ किनकि त्यसले नवजवानहरूलाई ज्ञान मात्र भएर हुदैन शालिनता, ब्यबहारिकता आदि पनि साथसाथै लैजानु पर्छ भन्ने सन्देश दिन्छ ।

स्वतन्त्र ब्यक्ति दलको बिकल्प नभएपनि राजनीतिक दल हरूलाई आगामी दिनहरू फलाम को च्युरा साबित हुने देखिन्छन् । बालेनका जबर्जस्त डोजेर प्रसङ्गले आफ्नो मान र प्रतिस्ठा र पहुचलाई नीति नियम र नैतिकता मिच्ने हतियार बनाएर सार्बजनिक जग्गामा संरचना बनाउने ब्यापारीहरूको दिन सकिए भन्ने सन्देशहरू प्रबाहित छन् ।

अन्तमा अहिलेको सबै भन्दा चर्चामा आएको प्रशङ्ग रवि लामिछानेको । रवि लामिछानेको प्रसङ्गमा म त खुशी छु र खुशी हुनु पर्ने कारण यस्ता छन्ः

१, यसबाट शिक्षा लिएर अब कुनै पनि बिदेशी नागरिकता त्यागेर जाने नेपालीले कानुनी प्रकृयाको बारेमा बुझेर त्यसै अनुसार नागरिकता लिनेछन् ।

२, अब जनता जाग्नु पर्छ र दोहोरो नागरिकता लिने नेपाल र छिमेकी देशको नागरिकता लिएका र नेपालको मन्त्री बा उच्च ओहदाका ब्यक्तिको अब छानविन हुनु पर्छ र यसमा स्वयं रबी लामिछने ले नै अगुवाइ गरुन ।

३, रवि लामिछानेले प्रकृया नपुगेको भन्ने थाहा पाए पछि तुरुन्त सच्चाउनु पर्थ्यो ।

४, अब अरुले राज्यलाई चुनैति दिने किसिमले मुक दर्शक नबनेर केहि प्रकृया नपुगेको हो भने सच्याउन पट्टि लाग्ने छन् किनकि कानुन अन्धो हुन्छ ।

५, यो जतनाको अपार जागरुकता उत्तिकै उत्साह जनक छ, चेतनाको आगो फैलिएको छ ।

६, अदालतले एउटा सानो प्रकृयाको लागि नजिर नबस्ने गरी अर्कै फैसला गर्न सक्थ्यो कि सोच्ने बेला आएको छ । अर्कै फैसला गरेको भए एउटा सामान्य प्रकृयागत गल्ती (रवि लामिछाने नागरिक त हुन तर प्रमाण पत्र मात्र नलिएका हुन् । यसलाई पहाड बनाउनु पर्ने थिएन) को लागि पुन चुनाब गर्न लाग्ने राज्यको करडौं रक जोगिन्थ्यो किर ?

७, ब्यक्ति मात्र होइन राज्यका अङ्ग हरूले पनि उत्तर दायित्व लिनु पर्छ कि पर्दैन?

८,  रबीको नागरिकता को बारेमा निर्वाचन आयोग किन मौन बस्यो आदि ।

हो, त्यसैले म दोहोऱ्याउछु फेरी श्रीकृष्ण कै बाणी – जे हुदै छ राम्रोको लागि हुदै छ । हालैका अदालती प्रकृयामा प्रशिद्ध र चर्चित नामहरू आउनु अत्यन्तै सकारात्मक पक्षा हुन् अन्यथा यी र यस्ता प्रसङ्गहरू बाहिर नआई त्यसै बिलाएर जान्छन् ।

केहि समय यताका समाजलाई जुर्मुराएर उठाउन सफल अदालती कार्बाहिहरूले नेपाली समाजलाई अग्र गमन तिरै धकेल्ने छन् । सबै भन्दा महत्वपूर्ण भुमिका सन्चार जगतको छ । आधुनिक युगका मुबाइल , सिसी क्यामरा आदिले गर्दा प्रत्येक ब्यक्ति संचार कर्मी बनेको छ, ठाँउ ठाँमा भिडियो जडित क्यामराहरू छन् र प्रमाण हरू बोल्दैछन् । अध्यारो भागेर कुना काप्चामा समेत उज्यालो पुग्दैछ ।

चण्डालहरूका कर्तुतहरू बाहिर आउछन् र नाङ्गेझार हुँदैछन् । जे हुने छ राम्रो हुने छ ।समाज सचेत हुँदैछ । हामीहरू सुनौला युगमा प्रवेश गर्दै छौं । तर जे हुन्छ ठीकै हुन्छ भनेर हामी हाम्रो कर्यब्यबाट भाग्न मिल्दैन। दबाब दिन छोड्ने त कुरै छैन ।

(डा. मुक्ति अर्याल अमेरिकाको टेक्सास निवासी विकास इन्जिनियर हुन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com