चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’


प्रकाशित मिति : पुस ११, २०७९ सोमबार

नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताउनुभयो । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्त्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक्ता निङले भन्नुभएको छ ।

नेपालमा शान्तिपूर्ण र सफलरूपमा निर्वाचन सम्पन्न भएको पनि चिनियाँ विदेश मन्त्रालयले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयले केही रणनीतिक विषयको सहकार्यमा निरन्तरता रहने उल्लेख गरेको छ । “नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्दछौँ । बेल्ट एन्ड रोड कोअपरेसनलगायत दुई देशबीच रणनीतिक सहकार्य र समन्वयका लागि हाम्रो अपेक्षा रहन्छ”, प्रवक्ता निङले उल्लेख गर्नुभएको छ ।

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र विकास तथा समृद्धिका लागि चिरस्थायी मित्रता कायम रहोस् भन्ने चाहेको पनि त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, विभिन्न राजनीतिक दलसँगको समन्वयबाट नेपालमा दिगो र स्थायी सामाजिक–आर्थिक विकास हुने विश्वास लिएको पनि उसले उल्लेख गरेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com