न्युयोर्कमा चौथो सामुहिक बेलविवाह आइतवार


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

नेवाः नख न्युयोर्कको आयोजनामा, न्युयोर्कमा चौंथो सामुहिक इही (बेलबिबाह) कार्यक्रम हुने भएको छ । सामुहिक इही (बेलबिबाह) परम्परागत नेवारी बिधि अनुसार नेवाः पुरोहितद्वारा गरिनेछ । जुलाई ९ तारिख बिहान ९ बजे देखी ज्याक्सनहाइटमा रहेको युनाईटेड शेर्पा एशोसिएसनको हलमा बेलविवाह हुनेछ ।

नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ ।

नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

तस्विरमा नेपालमा बेल बिबाहको लागि तयारी अवस्थामा रहेकी एक बालिका । फोटो : पिन्ट्रेस्ट

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com