अमेरिकी दूतावास काठमाडौंबाट डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु गरेको छ । मार्च २१ सोमबारदेखि अन्तरवार्ता लिन सुरु गरिएको अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकारीले भिसा च्याटमा जानकारी दिएका छन् ।

डिभी २०२२ का विजेताको भिसा गत अक्टोबरदेखि जारी गर्नुपर्नेमा अहिलेसम्म भिसा जारी गरिएको थिएन । आगामी सेप्टेम्बरभित्र भिसा जारी गरिसक्नुपर्ने प्रावधान रहेपनि झण्डै ६ महिनासम्म भिसा जारी नहुँदा डिभी विजेताहरु अन्यौलमा रहेका थिए ।

आर्थिक बर्ष सन् २०२२ का लागि गतबर्षको मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

अमेरिकाले डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु जारी गर्न भने अझै सुरु गरेको छैन । डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु अप्रिलभन्दा अगाडि जारी गर्न नसक्ने र अप्रिलपछिमात्र जारी गर्न सकिने अमेरिकी विदेशमन्त्रालयले बताएको थियो ।

गत डिसेम्बर ९ मा कन्सुलर सिस्टम एण्ड टेक्नोलोजी सीएसटीले बुझाएको रिपोर्ट अनुशार आर्थिक बर्ष २०२२ को डिभीमा कुनै नकारात्मक असर नपर्ने गरी २०२० र २०२१ का संरक्षित भिसा जारी गर्न केही समय लाग्ने उल्लेख गरिएको थियो । लेभलअ फ इफोर्टको विश्लेषण अनुशार उक्त तयारीका लागि कम्तीमा ४ महिना लाग्ने विश्लेषण गरिएको थियो ।

४ वटा विभिन्न मुद्दामा अमेरिकी अदालतले आर्थिक बर्ष २०२० र २०२१ का डिभी विजेताका भिसा संरक्षणको आदेश दिएको थियो । गोमेज मुद्दामा अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा संरक्षणको आदेश दिएको थियो भने गुडलक केसमा २०२१ का ६९१४ विजेताको भिसा संरक्षणको आदेश दिइएको थियो । त्यस्तै गोह केसमा डिभी २०२१ का ४८१ र राई केसमा डिभी २०२१ का ९९६ भिसा संरक्षणको आदेश दिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com