अमेरिका निवासी कानून व्यवसायी वासुदेव फुलाराको संघर्ष कथामा आधारित उपन्यास बजारमा


प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार

अमेरिका निवासी कानून व्यवसायी वासुदेव फुलाराको संघर्ष कथामा आधारित उपन्यास बजारमा आएको छ । फुलाराको संघर्ष कथामा आधारित वासुदा उपन्यास आईतबारदेखि बजारमा आएको हो ।

यो साहित्यकार भीष्मराज फुलाराको चौथो कृति हो । कृतिमा संघर्ष , प्रेम र उद्देश्यको त्रिवेणी रहेको समालोचक ज्ञाननिष्ठ ज्ञवालीले बताएका छन् । साहित्यकार डाक्टर नवराज लम्सालले सँघर्षशील युवाको जीवन कथामा आधारित भएर लेखिएको उपन्यास फरकधारको अब्बल कृति भएको र यस्ता कृतिले युवाबर्गलाई सँघर्षगर्न अभिप्रेरित गर्ने बताएका छन् ।

लेखक भीष्मराज फुलाराले आफू साहित्यमा लागेर अपार आनन्द पाएको कुरा बताएका छन् । लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको बताएका छन् ।

२४४ पुष्ठको ‘वासुदा’ उपन्यासको मुल्य बाक्लो गाता रु ५५० र साधारण गाता रु ३५५ रहेको छ । साहित्यकार भीष्मराज फुलाराका टुहुरो कुण्डली र नफापेको मान्छे उपन्यास बजारमा आइसकेका छन् । उनी नेपाली भाषा र साहित्यको इतिहास त्यहाँदेखि यहाँसम्म र ओरपान हरस्कोपका लेखक समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com