‘एमसिसी जबर्जस्ती टेबल गरिए सरकारमा बस्दैनौँ ‘


प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसिसी सम्झौता संसद्मा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसिसी सम्झौतामा रहेका असमान सर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको हो ।

“एमसिसी सम्झौता यथास्थितिमा अगाडि बढाउन सकिँदैन, पास गर्न सकिँदैन । जबर्जस्ती एमसिसी टेबल गरिए त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” बैठकपछि माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले भन्नुभयो ।

बैठकले एमसिसीमा रहेका राष्ट्रिय हित अनुकूलका प्रावधान संशोधन नगरी यसलाई अगाडि बढाउन नसकिने निष्कर्षसमेत निकालेको छ । “अहिले विपक्षी पार्टीले संसद् अवरोध गरिरहेको अवस्था छ । सदन सञ्चालन गर्न जोड दिने, सदन सञ्चालन नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीको निष्कर्ष छ,” उहाँले भन्नुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बैठकले सदन सञ्चालन गर्न विपक्षी नेकपा 9एमाले)सँग पनि आग्रह गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय सहमति जुटाएर मात्र एमसिसी सम्झौतालाई अगाडि बढाउनुपर्ने निष्कर्ष माओवादी बैठकले निकालेको छ । “राष्ट्रिय सहमतिबिना एमसिसी अगाडि बढ्न सक्दैन, गठबन्धनमा रहेका दलहरुका बीचमा सहमति हुनुपर्छ, दलहरुका बीचमा सहमति नभई यो अगाडि बढ्न सक्दैन,” प्रमुख सचेतक गुरुङले भन्नुभयो ।

उहाँले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार एक्लै अगाडि बढ्ने अवस्था हुँदैन भन्दै सरकारले गठबन्धन तोडेर जबर्जस्ती गरेको अवस्थामा सरकारमा रहने सम्भावना नरहने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com