न्युजर्सीमा घरेलु हिंशा र यौनहिंशाबिरुद्ध नेपाली भाषामै सेवा, सार्वजनिक सेवा घोषणा भिडियो


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

अमेरिकाको न्युजर्सीमा घरेलु हिंशा र यौनहिंशाबिरुद्ध नेपाली भाषामै सेवा संचालन गरिरहेको बोलो बहनको सार्वजनिक सेवा घोषणा भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा घरेलु हिंशा र यौनहिंशामा परेकाहरुलाई मौनता तोड्न र आवाज उठाउन प्रोत्साहन गरिएको छ ।

हडसन स्पीक्स अन्तरगत दक्षिण एसियालीहरुका लागि संचालित उक्त अभियानमा दक्षिण एसियाली महिला पुरुष र अन्य घरेलु हिंशाबाट पीडितहरुलाई सहयोग प्रदान गरिदै आएको बोलो बहनकी डाक्टर बिष्णुमाया परियारले बताइन् । निशुल्क र गोप्यरुपमा सहयोग उपलब्ध गराइदै आएको तथा २४ घण्टा हटलाइन सेवा संचालनमा रहेको उनले बताइन् ।

निशुल्क वकिल आवश्यक परेमा, अदालत जान परेमा वा अन्य समस्या भएमा २०१ ७९५ ५७५७ मा सम्पर्क गर्न सकिनेछ । सुरुमा हिन्दी, अँग्रेजी र बंगाली भाषामा सेवा सुरु गरिएकोमा नेपाली भाषा समेत थपिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com