Follow @khasokhasmag

एनआरएनए विश्व सम्मेलन स्थगित, बढीमा ६ महिना सार्नसकिने बैधानिक प्रावधान


प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार

गैरआवासीय नेपाली संघ एनआरएनको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित हुने भएको छ । संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवारको बैठकमा अध्यक्ष कुमार पन्तले चुनाव स्थगित गर्ने प्रस्ताव ल्याएको उपाध्यक्ष सोनाम लामाले खसोखासलाई जानकारी दिए ।

बढीमा ६ महिनासम्म चुनाव सार्नसकिने वैधानिक प्रावधान रहेकाले आगामी ६ महिना भित्र चुनाव गर्ने गरि अक्टोबर २३ देखि २५ सम्मका लागि तय गरिएको सम्मेलन स्थगित गरिएको हो । दशैंपछि हुने बैठकले चुनाव स्थगित गर्ने र वर्तमान कार्यसमितिको अवधि बढीमा ६ महिना थप्ने निर्णय गर्ने भएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्त

विवाद समाधान भएपछि चुनाव हुने र त्यसका लागि पूरै ६ महिना नलागी त्योभन्दा अगाडि पनि चुनाव हुनसक्ने लामाले बताए । लामाले भने -‘परराष्ट्रले पठाएको पत्रमा उठाइएका विषय समाधान भए चुनाव एकदुईमहिनामा पनि हुनसक्छ । तर वर्तमान कार्यसमितिको अवधि बढीमा ६ महिनासम्ममात्र थप्न सकिने वैधानिक प्रावधान रहेकाले चुनाव ६ महिनाभन्दा अगाडि नै गर्नुपर्छ ।’

महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रपछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ ।

प्रतिनिधि छनौटका विषयमा भएको विवादबारे परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com