एनआरएनए अध्यक्षका दुई उम्मेदबारले सार्वजनिक गरे प्रतिवद्धतापत्र, सारमा उस्तै उस्तै


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

एनआरएनए आईसीसीको आगामी निर्वाचनमा अध्यक्षका दुई उम्मेदबारहरु कुल आचार्य र बद्री केसीले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । केही दिन अगाडिमात्र औपचारिक रुपमा उम्मेदबारीको घोषणा गरेका उनीहरुले औपचारिक रुपमा सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा एनआरएन नागरिकताको विषयलाई प्राथमिकता दिइएको छ ।

एनआरएन नागरिकता, विदेशबाटै मतदान, सम्पत्तिको सुरक्षा, श्रम बैंक, एनआरएनएमा सुधार, वैदेशिक रोजगारीमा जानेहरुका लागि विभिन्न कार्यक्रम लगायतका कैयन प्रतिवद्धताहरु मिल्दाजुल्दा रहेका छन् ।

बद्री केसीको प्रतिवद्धतापत्रमा के छ ?

केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित,मर्यादित र सुरक्षितबनाउन नेपाल सरकार, गन्तव्यमुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने लगायतका विषयलाई प्रतिवद्धतापत्रमा समावेश गरेका छन् । वैदेशिक रोजगारीमाजाने श्रमिकहरुलाई अभिमुखीकरण तालिमको सञ्चालन गरिने र विदेशको श्रम बजारमा रहेका श्रमिकहरुलाई योगदानमाआधारित सामाजिक सुरक्षा कोष तथा पेन्शन फण्डमा सहभागी गराउनपहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । उनले वैदेशिक रोजगारमा जानेहरु र विदेशमा ज्ञान, सिप, पूँजी हासिल गरेर फर्कनेहरुका लागि विभिन्न कार्यक्रमको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाउने, हाल १० अर्ब सुरुवाती पूँजी रहेको यस फण्डलाई आगामीदिनमा थप बृहत बनाइने, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपोओ मार्फत) जोडिने केसीको प्रतिवद्धतापत्रमा छ । गैरआवासीय नेपाली र वैदेशिकलगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गरिने पनि केसीको प्रतिवद्धतामा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थाको निर्वाचनमा विश्वभरका सबै पञ्जिकृत सदस्यले मतदान गर्न सक्ने व्यवस्थालाई विधानतः सरल र सहजबनाउन पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । साथै गैरआवासीय नेपाली सदस्यता लिएका व्यक्तिहरुलाई नेपालभित्र र विदेशमा विभिन्न क्षेत्रमा सहुलियत सुविधाका कार्यक्रमहरु ल्याउने समेत जनाइएको छ ।

नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकता लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गरिने, विदेशमाबस्ने नेपालीहरुलाई राजनीतिक अधिकार सहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने, गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाकालागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने पनि प्रतिवद्धता जनाइएको छ ।

बद्री केसीको प्रतिवद्धतापत्रको पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

कुल आचार्यको प्रतिवद्धतापत्रमा के छ ?

एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यले नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकतामा राखेका छन् भने कम्तीमा पाँच लाख सदस्य, एक सय एनसीसी बनाउने लक्ष्य लिएका छन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने, वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने आचार्यले प्रतिवद्धता जनाएका छन् । सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने , गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने पनि आचार्यले प्रतिबद्धता जनाएका छन् ।

नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने, दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली कार्डको माध्यमबाट सम्पत्ति लगायतका सबै अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न पहल गर्ने, नेपालमा सम्पत्ति सुरक्षा नहुँदा सम्पत्ति बेचेर विदेश लैजाने गर्दा अर्थतन्त्रले ठूलो घाटा व्यहोर्नु परिरहेकाले नेपाल सरकारसंग पहल गरी नेपालमा रहेको एनआरएनहरुको सम्पत्ति सुरक्षाको कानूनी व्यवस्था मिलाउने लगायतका प्रतिवद्धता आचार्यले जनाएका छन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्ने, सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको लागि कार्यदल बनाएर नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र योजनावद्ध कार्यक्रम ल्याउने, मध्यपूर्वमा रहेका नेपालीहरुले श्रम स्वीकृतिको नाउँमा झेल्दै आएको समस्यालाई न्यूनीकरण गर्दै समस्यारहित बनाउन नेपाल सरकारसंग विशेष पहल गर्ने आचार्यको प्रतिवद्धतामा उल्लेख छ ।

विदेशमा काम गरेर फर्केका नेपालीहरुको संजाल बनाई श्रम बैंक मार्फत उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउने, एनआरएनएले स्थापना गरेको १० अर्ब रुपियाँको ‘एनआरएन विकास कोष’ लाई क्रियाशील तुल्याउने, गैरआवासीय नेपालीहरुले सामूहिक वा ब्यक्तिगत रुपमा नेपालमा गरिरहेका लगानीहरुलाई सहजीकरण गरी नेपाल सरकार तथा स्थानीय निकायहरुसंग समन्वय गर्नका लागि सचिवालयमा ‘लगानी प्रबर्द्धन एकाई’ स्थापना गर्ने लगायतका प्रतिवद्धता अचार्यका छन् ।

कुल आचार्यको प्रतिवद्धतापत्रको पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com