एनआरएनए: चुनौतीका तीन चुचुरा


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

नेपालमा दसैं र विदेशमा अक्टोबर महिना नजिकिएसँगै दुवैतर्फ गैरआवासीय नेपाली संघ (एनआरएन)का गतिविधि बढ्न थाल्छन् । अझ बढी त प्रत्येक दुई वर्षमा आउने दसैं वा अक्टोबरमा । किनभने प्रत्येक दुई वर्षमा एनआरएनको नेतृत्व परिवर्तन जो हुन्छ ।

केही महिना वा केही साता यतादेखि युरोप अमेरिकातिर एनआरएनएका गतिविधि बढिरहेको छ । राष्ट्रिय समन्वय समितिको निर्वाचन र अन्तर्राष्ट्रिय समन्वय समितिका ‘डेलिगेटस’ छनोट प्रक्रिया चलिरहेको छ । यस क्रममा कतिपय ठाउँमा विवाद पनि देखिएका छन ।

निर्वाचनका बेला केही विवाद सतहमा आउनु अस्वभाविक पनि होइन । विचार र स्वार्थहरू निर्वाचनका बेला एक ठाउँमा ठोक्किन वा जुध्न आइपुग्छन् । त्यसमाथि जहाँ बसे पनि हामी नेपालीका कतिपय चारित्रिक गुण वा अवगुण पनि छन् जसले अनावश्यक बिवाद बढाई रहन्छन् ।

निर्वाचनका बेला देखापर्ने विवाद खासमा एनआरएनका सवाल होइनन् । गैरआवासीय नेपालीका केही खास विषय छन्, केही खास उद्देश्य र चाहना छन् । बेला बेलामा देखापर्ने विवाद गैरआवासीय नेपाली संघका उद्देश्य र चाहनाका विषयहरु होइनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती त हामी नेपालीका स्वभावका ‘बाइप्रोडक्ट’ हुन् । यसभन्दा बढी, राष्ट्रिय समन्वय समिति वा अन्तर्राष्ट्रिय समन्वय समितिमा प्रकट हुने विवादलाई महत्त्व दिनु आवश्यक छैन ।

आज गैरआवासीय नेपालीले साँच्चीकै महत्त्व दिनुपर्ने विषय त विश्वास आर्जन हो । नेपाल सरकारको विश्वास, नेपाली जनताको विश्वास, समग्र गैरआवासीय नेपालीबाट विश्वास । र, कर्मभूमिका सरकार र जनताको विश्वास । हो, यही विश्वास आर्जनले मात्र गैरआवासीय नेपाली संघको उद्दश्य र चाहना पूरा गर्न मद्दत गर्छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवको रूपमा बितेका दुई वर्षमा मैले कहीँ न कहीँ, कतै न कतै, कुनै न कुनै रूपमा सबैतिर विश्वासको संकट देखिरहेको छु । हामी र हाम्रा सन्तान दरसन्तान, नेपाल र नेपालीसँग सदैव जोडिइरहुन् र तिनले मातृभूमिको समृद्धिमा कुनै न कुनै योगदान दिउन् ।

गैरआवासीय नेपाली संघको यति पवित्र चाहनाप्रति पनि हामीले आजसम्म नेपाल सरकारबाट अझै पूर्ण विश्वास आर्जन गर्न सकेका छैनौ । जुन दिन हामी नेपाल सरकार र नेपाली जनतालाई हाम्रा पवित्र चाहनाप्रति विश्वास दिलाउन सक्नेछौ त्यो दिन गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता र दोहोरो कर प्रणाली वा लगानी जस्ता विषय सरल र सहज हुनेछन् ।

हो, यही विश्वास दिलाउन सक्नु नै आज हाम्रो चुनौतीको विषय हो । यो चुनौतीलाई हामीले कसरी सामना वा समाधान गर्छौँ त्यसैमा एनआरएनको महत्त्व र भुमिका भरपर्छ । त्यसैका आधारमा एनआरएनको महत्व र भुमिका बढछ पनि ।

‘यी पैसा लिएर र पैसा लिन आउँछन् ।’  वा  ‘यी पैसा लिएर गफ दिन आउँछन्,’ भन्नेजस्ता भ्रम वा सोच आज पनि कता कता नेपाल सरकार र नेपाली जनतामा हामीजस्ता एनआरएनप्रति छ । हो, यही भ्रम र सोचलाई गैरआवासीय नेपालीले तोड्नु पर्छ ।

विश्वास दिलाउनु छ – हामी गैरआवासीय नेपाली पैसा भन्दापनि ठूलो मायाका साथ नेपाल र नेपालीसँग जोडिइरहन चाहन्छौँ ।

विश्वास दिलाउनु छ – प्रविधि र ज्ञानको गफभन्दा पनि हामी जन्मभूमिको समृद्धि देख्न चाहन्छौँ । सहयोग, सम्बन्ध र भावनाका दायरा साँच्ची नै बढाउन चाहन्छौँ ।

जुन दिन यो विश्वास हामीले नेपाल सरकार र नेपाली जनतालाई दिलाऊन सक्नेछौँ त्यही दिन मैले अघि नै भनेजस्तो दोहोरो नागरिकता, दोहोरो कर र लगानीका विषय असाध्यै सहज हुनेछन् । जुन देशको अर्थतन्त्र मूलतः रेमिटयान्सले चलायमान बनाउँछ त्यस देशले गैरआवासीय नेपालीलाई सदैव अन्योल र दूरीमा राख्न चाहन्छजस्तो मलाई लाग्दैन ।

यो मातृभूमिको कुरा भयो ।

हो, ठीक यस्तै विश्वास हामीले उनीहरूको कर्मभूमिमा जीवन बिताइरहेका असंख्य नेपालीबाट पनि प्राप्त गर्नुपर्छ । उनीहरूका दुःख सुख वा समृद्धिमा साथ दिनुछ । उनीहरूलाई पनि विश्वास दिलाउनु छ – एनआएरएन भनेको हामी सबै नेपालीको हो । अर्थात्, नेपालीको र नेपालीका लागि हो भन्ने विश्वास ।

समग्र गैरआवासीय नेपालीबाट यो विश्वास आर्जन गर्नु आजको गैरआवासीय नेपाली संघको अर्को एउटा चुनौती हो । यसका लागि हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ । यसका लागि हामीले सबै गैरआवासीय नेपालीका बाध्यता, परिस्थिति र भावना बुझुनु र त्यस सँगसँगै हुनु जरुरी छ । यसका लागि हामीले प्रत्येक गैरआवासीय नेपालीको समृद्धिमा साथ दिनुछ । व्यक्तिको समृद्धिले नै संगठन, समाज र देशको समृद्धिमा योगदान दिने हो ।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको वर्तमान सचिवको हैसियतले म सदैव यसैमा प्रयत्नरत छु । प्रयत्नरत रहिरहने छु ।

तेस्रो, हामी नेपाली आफ्नो मातृभूमि छोडेर जुन जुन देशमा बसिरहेका छौँ ती देशका सरकार र जनताबाट पनि विश्वास आर्जन गरेर आफूलाई त्यहाँ पनि बलियो बनाउनु छ । त्यहाँ पनि हामीले पूर्ण विश्वास प्राप्त गर्नुछ । गैरआवासीय नेपाली संघका लागि यो अर्को चुनौती हो ।

समग्रमा, गैरआवासीय नेपाली संघ तीन मुख्य चुनौतीको चुचुरामा खडा छ । आन्तरिक सामान्य विवादका विषय छोडेर गैरआवासीय संघ यसैतर्फ केन्द्रित हुनु आवश्यक छ ।

(अमेरिका निवासी जोशी गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव हुन् । )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com