अमेरिकी हिप हप कलाकारले नचाए नेपाली (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्धको ७० औं बर्ष मनाउने क्रममा अमेरिकी हिपहप कलाकारहरुले काठमाडौंको ठमेलमा लाइभ कार्यक्रम गरे । हाउस अफ म्युजिकमा भएको कार्यक्रममा ग्रामी नोमिनेटेड गायक कोकायी र चर्चित डान्सर जुनियस ब्रिकहाउस सहभागी थिए । कार्यक्रमको आयोजना काठमाडौंमा रहेको अमेरिकी दूतावासले गरेको हो । अमेरिकी दूतावासले विभिन्न कार्यक्रमहरु गर्दै नेपाल अमेरिका सम्बन्धको ७० बर्ष मनाइरहेको छ । कार्यक्रममा पुगेर खसोखासका नेपाल फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्विर ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com