के छ चालू आर्थिक वर्षको मौद्रिक नीतिमा? (पूर्णपाठसहित)


प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार

सरकारले महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तिय संस्थाबाट आधारदरमा कर्जा उपलब्ध गराउने भएको छ।

शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन्।

उनले कोभिडबाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तिय संस्थाबाट सहज रुपमा कर्जा प्रवाहको व्यवस्था मिलाउने तथा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना तथा सञ्चालन गर्न वित्तिय स्रोत उपलब्ध गराउन सहजीकरण गरिने बताए।

नीतिमा बैंक तथा वित्तिय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन गरिने, बैंक तथा वित्तिय संस्थाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्पर्क कार्यालयखोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने, ग्राहक पहिचानलाई व्यवस्थित गर्न इ–केवाइसी विकास गर्नेलगायतका व्यवस्था गरिएको छ। यस्तै, चालू आर्थिक वर्ष २०७८–७९ मा मूल्य वृद्धि साढे ६ प्रतिशतभित्र सीमित गरी आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिने पनि नीतिमा उल्लेख गरिएको छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

महामारीको संक्रमण कायमै रहेकाले पर्यटनलगायत अतिप्रभावित क्षेत्रको पुनरुत्थानमा थप समय लाग्ने देखिएको गभर्नर अधिकारीले जनाएका छन्। ‘महामारीबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्दै शीघ्र आर्थिक पुनरुत्थानका लागि एकातर्फ नियामकीय सहजीकरण र सहुलियत उपलब्ध गराउनुपर्ने आवश्यकता छ भने अर्कोतर्फ वित्तीय स्थायित्वका साथै वाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने प्रतिकूल प्रभावतर्फ पनि सजग रहनुपर्ने अवस्था छ,’ उनले भनेका छन्।

मौद्रिक नीतिको पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोला

मौद्रिक नीति २०७८-०७९

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com