रोटरी क्लबले अमेरिकाबाट नेपाल पठायो दुर्गम क्षेत्रका लागि साढे २ लाख डलरका १० हजार चश्मा


प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार

रोटरी क्लबले अमेरिकाको न्युयोर्कबाट साढे २ लाख डलर बराबरका चश्मा नेपाल पठाएको छ । दुर्गम क्षेत्रको ग्रामिण भेगका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले विभिन्न पावरका चश्माहरु नेपाल पठाइएको हो ।

रोटरी क्लब अफ न्युयोर्क क्वीन्सले रोटरी क्लब अफ महाराजगञ्जले प्राप्त गर्ने गरी १० हजार चश्मा र अन्य सामाग्रीहरु नेपाल पठाएको हो । रोटरी क्लब अफ ह्याम्प्टनबाट सन् २०१८ मा ३५ जनाको मिसन टिमले नेपाल भ्रमण गर्दा दुर्गम क्षेत्रका जनताहरुलाई चश्माको अभाव भएको देखेपछि सहयोगका लागि कदम चालेको थियो ।

प्रति चश्मा २० डलर पर्ने यी चस्माहरु आफूहरुलाई उपलब्ध गराइएको र यी चश्माहरु रोटरी क्लब अफ न्युयोर्क क्वीन्सको ४ हजार डलर खर्चमा नेपाल पठाइएको रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका प्रेसिडेण्ट खाम भट्टले जानकारी दिए । यो मेगा प्रोजेक्टमा आफूपनि सहभागी हुन पाउँदा निकै खुशी लागेको र धेरै विपन्नहरु लाभान्वीत हुने आफूहरुको विश्वास रहेको भट्टले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी चश्माहरु साउथ ह्याम्प्टन रोटरी क्लबका सिन हेनरीले रोटरी क्लब अफ न्युयोर्क क्वीन्सलाई उपलब्ध गराएका हुन् । रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका तत्कालिन प्रेसिडेण्ट नवराज केसी र रोटरी क्लब अफ महाराजगञ्जका डाक्टर जय टण्डनले समझदारीपत्रमा हस्ताक्षर गरेपनि कोरोना महामारीका कारण यी चस्माहरु उपलब्ध गराउनमा केही ढिलाई भएको थियो ।

यी चश्मा विगत १ बर्षदेखि रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका वर्तमान अध्यक्ष खाम भट्टको घरमा राखिएको थियो । यी चश्माहरु आँखाका डाक्टरहरुको सिफारिसमा दुर्गम क्षेत्रमा वितरण गरिने जनाइएको छ । यो प्रकृयाका लागि रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका निवर्तमान प्रेसिडेण्ट जनक भण्डारीले समन्वयकारी भूमिका खेलेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com