यस्तो देखियो जुलाई ४ मा न्युयोर्क सिटीको फायरवर्कस (भिडियो समेत )


प्रकाशित मिति : असार २०, २०७८ आईतबार

कोरोनाबिरुद्धको लडाईमा एकहदसम्म सफलता प्राप्त गरेको न्युयोर्क सिटीमा यसपटक जुलाई ४ अर्थात् स्वतन्त्रता दिवसको अवशरमा मेसिजको विशाल फायरवर्कस भएको छ । गतबर्ष कोरोना महामारीको इपिसेन्टर बनेको न्युयोर्कमा नियमित फायरवर्कसको साटो फरकफरक दिनमा पाँचवटै बोरोमा फायरवर्कस गरिएकोमा यसपटक अहिलेसम्मकै विशाल फायरवर्कस गरिएको हो ।

२३ देखि ४२ स्ट्रीटको बीचमा इस्ट रिभरमा ६५ हजार शेलहरुसहित फायरवर्कस भएको छ । बेलुका ९ बजेर २५ मिनेटमा सुरु भएको फायरवर्कस झण्डै २५ मिनेटसम्म चलेको थियो ।

एम्पायर स्टेट भवनसहित न्युयोर्क सिटीको फायरवर्कस यस्तो देखियो :

न्युयोर्क सिटीको इस्ट रिभरबाट मेसिज फायरवर्कस:

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com