मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’


प्रकाशित मिति : ७ असार २०७८, सोमबार

क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् । स्थानीय सरकारबाट हरेक बर्ष प्रदान गरिने यो अवार्ड अन्तरगत यो बर्ष कोभिड १९ को बखतका उत्कृष्ट नागरिकहरु बिधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गरेका हुन् ।

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गरेका थिए ।

अबार्डबारे बोल्दै र पाउनेहरुलाई बधाई दिदै मेयर ब्राउन ।

सिटिजन अवार्ड अन्तरगतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले प्राप्त गरेका छन् । अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरेका छन् ।

मित्र काफ्ले ।

यो बाहेक अन्य सातवटा विधामा विभिन्न व्यक्तित्वहरुलाई सिटिजन्स अवार्ड प्रदान गरिएको छ । बर्ष नागरिक, कला, खेलकुद, आपतकालिन सेवा, प्रेरणादयी, दीर्घकालिन सेवा लगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।

अवार्ड पाउनेहरुको विवरण सिटी अफ ब्राम्टनको आधिकारिक सरकारी वेवसाइटमा हेर्न सक्नुहुनेछ ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डहरुमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकहरुले विभिन्न क्षेत्रमा गरेको उपलब्धीको सम्मान स्वरुप यो अवार्ड प्रदान गरिदै आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अवार्डको छनौट कमिटिमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एण्ड इमर्जेन्सी सर्भिस, स्वंसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहदै आएको छ ।

अवार्डको छनौट प्रकृयाबारे थप थाहा पाउन सिटी अफ ब्राम्टनको आधिकारिक सरकारी वेवसाइटमा क्लीक गर्नुहोला ।

सिटी अफ ब्राम्प्टन झण्डै ६ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com