मध्यपूर्वका नेपालीले पठाएका ५६० सिलिण्डर स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण, ६७० कन्सन्ट्रेटर ल्याइदै


प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार

नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैरआवासीय नेपालीले पठाएका ५६० वटा सिलिण्डर नेपालका स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

सिलिण्डरहरु लुम्बिनीमा  २ सय, सुदुरपश्चिममा १ सय, कर्णालीमा १ सय, प्रदेश २ मा ८५ र गण्डकीमा ७५ को दरले वितरण गरिने गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

एनआरएनएले ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर  हिजो काठमाण्डौं आइपुगेको हो । थप सहायता सामाग्री आउने क्रममा रहेको र ६७० अक्सिजन कन्सन्ट्रेटर पनि तत्कालै उपलब्ध गराउने पन्तले जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com