‘जंगे पिलर’पछि अमेरिका निवासी श्रीराम थापाको ‘साथ देउ’, गायक गायिका नै मोडल


प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार

सिमा विवादका बारेमा तयार पारिएको राष्ट्रिय गीत ‘जंगे पिलर’पछि अमेरिका निवासी गीतकार श्रीराम थापाको प्रेमगीत ‘साथ देउ’ भिडियोसहित सार्वजनिक भएको छ । थापाको शब्द रहेको यो गीतमा संगीत सुवास भुसाल र स्वर किरण भूजेल र ममता गुरुङको रहेको छ ।

गीतका एरेन्जर पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिस्ट कुमार केसी हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ अशोक महर्जनले गरेका छन् । गीतको भिडियोको निर्देशन भने गणेश शाहीले गरेका छन् । सुस्मिता र सुजित थापा प्रोड्युसर रहेको गीतको भिडियो फराज अर्पनले खिचेका हुन् भने सम्पादन पनि उनैले गरेका हुन् ।

भिडियोमा अभिनय पनि गायक गायिका किरण भूजेल र ममता गुरुङले नै गरेका छन् ।

पहिलो राष्ट्रिय गीत जंगे पिलरले धेरै माया पाएको र त्यसैको उर्जाले आफूलाई नेपाली गीत संगीतमा केही गर्न थप जिम्मेवार बनाएको श्रीराम थापाले बताएका छन् । त्यसैको फल स्वरुप यो दोस्रो कोशेली साथ देउ लिएर आएको भन्दै विदेशमा रहेर पनि आफ्नो देशको गीत संगीत र संस्कृतिलाई सधै आत्मासाथ गर्न पाउदा झन हौसला बढेको उनले बताए ।

जंगे पिलर पनि हेर्नुहोस्:

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com