लेखक राजन थपलियाको नयाँ पुस्तक ‘शतप्रतिशत जीवन’ अनलाइनमा


प्रकाशित मिति : जेष्ठ ४, २०७४ बिहीबार

चर्चित युवा लेखक राजन थपलियाको नयाँ पुस्तक शतप्रतिशत जीवन (100% LIFE) अब अमेजनबाट पनि किन्न सकिने भएको छ । लुलु प्रेसले प्रकाशन गरेको २ सय ८ पेज लामो यो पुस्तक एकसाता अगाडि बजारमा आएको हो । जीवन सिकाउने शिक्षकका रुपमा काम गर्ने यो पुस्तकको मर्मका बारेमा लेखक थपिलया भन्छन् आफैसँग प्रतिज्ञा गर्नुहोस्, तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन ।

अनलाइनमा ११ डलर ३२ सेन्ट मूल्य राखिएको यो पुस्तकमा कसरी शतप्रतिशत जीवन जिउन सकिन्छ भन्नेबारे सिकाइएको छ । न्युयोर्क निवासी चर्चित युवा लेखक राजन थपलियाले अहिलेसम्म झण्डै १ दर्जन पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको यो पुस्तक शतप्रतिशत जीवन अर्थात् हन्ड्रेड पर्सेन्ट लाइफमा जीवनबारे बहुउपयोगी शुत्रहरु समेत दिइएको छ ।

झण्डै १५ बर्षदेखि अर्थात् किशोरावस्थादेखि नै लेखनकार्यमा लागेका थपलियाका अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् । थपलियाको लेखन सेल्फ हेल्प, मोटिभेशन र नोभलमा केन्द्रीत रहेको छ । उनी भन्छन् लेखनका विभिन्न धारहरु छन् । तर मैले महसुस गरेको छु कि यी धारहरु नै मेरालागि उपयुक्त छन् । उपन्यास लेखन र सेल्फ हेल्प नै मेरालागि उचित विधा हुन् ।

शतप्रतिशत जीवनबारे थपलिया भन्छन् – ‘यसको उपशीर्षकले नै सबै कुरा भनेको छ । आफैसँग प्रतिज्ञा गर्नुहोस्, तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन । तपाईले आफ्नो जीवनमा कसम खानुहोस्, प्रतिज्ञा गर्नुहोस् । हिजो जती गल्ती भए, कमजोरी भएपनि आगामी दिनमा राम्रो गर्न सकिन्छ । राम्रो गर्ने प्रतिज्ञा हुनेलाई १७ बर्ष र ७० बर्षको उमेरले पनि कुनै फरक पार्दैन । कुनै पनि बेला राम्रो कुराको सुरुवात गर्न सकिन्छ । काममुखी भएर अगाडि बढेमा जीवनमा धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ । आफूले आफैसँग प्रतिज्ञा नगरेको कारणले मानिस अफसल हुनेगर्छ । दुखी भएका र असफल भएकाहरुलाई पनि सही बाटोमा ल्याउने र परिवर्तन हुन चाहनेहरुका लागि लेखिएको पुस्तक हो यो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com