नयाँ बर्षको प्रतिबद्धता : सबैखाले भाइरसबिरुद्ध लडौं


प्रकाशित मिति : पुस १८, २०७७ शनिबार

– चमेली परियार

जिरोको अर्थ जिरो नै हो । तर यो एकदमै शक्तिशाली सानो बृत्तसँग सम्बन्धित छ । सन् २०२० अर्थात जिरो वर्ष । मेरा लागि निकै ठूलो पाठ बन्यो । भोगाई आफ्नै आफ्नै हुन्छ तर मेरो भोगाई मेरै लागि सिक्न लायक बन्यो ।

मैले जीवनको ठूलो पाठसिकेर अगाडी बढ्ने अवसर पाएँ । जुन अब जिन्दगी जिउने शुत्र बनेको छ । धेरैपटक कालसँग ठोक्कीएकी मलाई यसपाटक मृत्युलाई नजिकबाट नियाल्ने तथा आफ्नो र पराई छुट्टाऊने नजिकवाट मौका मिल्यो । मलाई लाग्छ यो मौका म जस्तै धेरै मानिसलाई मील्यो ।

सधै उदारवादी ढंगबाट सोच्ने म उदार र अनुदार दुबै तरिकाबाट सोच्ने भएँ । तर यति धेरै अनुदार पनि भएकी छैन । तर घात गरेर साथ छोडनेहरूसँग फेरी हात मिलाउन नपरोस् । मलाई मन नपराउनेहरु र पछाडि कुरा काट्नेहरुलाई भुलेरपनि मेरो नजिक नआउन सल्लाह छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जीवनभर कमाएर सन्तुलित गरेका साथीभाई, आफन्त ,पैसा,स्वास्थ्य ,सामाजिक संबन्ध सबैकूरा छानिदै गयो । मानवता नभएकाहरूले सन् २०२० मा सबै जिरोमा पुर्याइदिए । म फेरी एकबाट सुरुवात गर्न बाध्य भएँ ।

यदि हुदा हुदै पनि यो वर्षले मलाई आफू बलियो ? भएको आभाष दिलायो । आफैलाई चिनायो । सत्य र न्यायको बाटोमा हिड्ने मानिसलाई सिधा र सामनेबाट होईन पछाडिबाट र अरूलाई हतियार बनाएर आक्रमण गर्ने रहेछन् । यो कुराको अनुभूति दिलायो ।

भाइरस ? भन्दा पनि खतरनाक पछाडिबाट छुरा रोप्नेहरु हुँदा रहेछन् । त्यस्तो बेला लाग्यो कि स्याबासी र घात सधै पछाडीबाटै मिल्नेरहेछ । त्सकारण आफ्नो ढाड ,खुट्टा र मन मजबूत राख्नुपर्ने रहेछ । आफनो घरातलबाट डगमगाउन नहुने रहेछ । यो सन् २०२० को सिकाई भएको छ ।

हुनत अक्सर मानिसहरू दुखको वेलामा नै साथ छोड्छन् । तर मलाई उनीहरुसँग कुनै गुनासो छैन । सबै कूरा सुरुवात गरेर नयाँ धार ल्याउन पूरानो धार मेटिनु नै उपयुक्त हुन्छ । तर संसारको टाढा टाढा कूनामा भएर पनि मेरो हरेक सुखदुखमा साथ दिने र मलाई हैसला दिने केवल नेपाली सुन्दर मनका धनिहरूप्रति म सधै आभार छु । धन्वयाद व्यक्त गर्दछु ।

तिनै सुन्दर मनहरुको साथले नै आफूलाई एक्लो भएको अनुभव हुँदैन । मलाई अरुको खुशीमा रमाइलो लाग्छ । आगामी दिनमा पनि म कसैको खुशीमा बाधा बन्ने छैन । यो मेरो सन् २०२१ का लागि प्रतिवद्धता हो । मेरो त्यस्तो प्रवृत्ति पनि छैन । आफ्नो र सत्य मानिसहरूको खुशीलाई बलि चढ्न दिने छैन ।

कोरोना भाइरसबिरुद्धमात्र होइन फरक खालका भाइरसबिरुद्धपनि लड्ने समय यही हो । प्रतिष्ठा, खुशी र स्वास्थ्य जीवनका लागि अगाडि बढौं । नयाँ बर्ष २०२१ को शुभकामना ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com