सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर १८ मा स्थायी कमिटी बैठक र मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकल राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसपछि नेकपा विवाद पुनः उत्कर्षमा पुगेको छ ।
अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।