सकियो नेकपा सचिवालय बैठक, १० दिनपछि पुनः बस्ने
प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक १० दिनपछि पुन बस्नेगरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा भएको छलफलहरुकाे विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकल राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसपछि नेकपा विवाद पुनः उत्कर्षमा पुगेको छ । यसलाई अर्का अध्यक्ष ओली पक्षले ‘आरोपपत्र’को संज्ञा दिँदै फिर्ता हुनुपर्ने माग गरेका छन् ।
अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ ।