सम्मानित हुँदै डाक्टर फाउचीले भने -‘भ्याक्सिन बाटोमा छ’, फाउचीसहित सम्मानित हुनेमा नेपाली समेत


प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउची सहित न्युयोर्कको ब्रुकलिनमा कोभिड हिरो सम्मान प्रदान गरिएको छ । ब्रुकलिन बोरो प्रेसिडेण्ट एरिक आडम्सले यस्तो सम्मान प्रदान गरेका हुन् । ब्रुकलिन बोरो हल अगाडि गरिएको कार्यक्रममा सम्मानित हुनेमा नेपाली समेत रहेका छन् ।

एन्थोनी फाउची न्युयोर्कको ब्रुकलिनमा जन्मिएका र हुर्किएका थिए । उनले उक्त सम्मान स्वीकार गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन एकदमै नजिक रहेको आशा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै फाउचीले भ्याक्सिन छिट्टै आउँदै गरेको बताएका छन् । उनले भने -‘भ्याक्सिन आउँदैछ । हामीले यो सबैबाट एकसाथ मुक्ति पाउँदैछौं ।’

फाउचीलाई विज्ञान र कारणको च्याम्यिनका रुपमा सम्मान गरिएको ब्रुकलिन बोरो प्रेसिडेण्ट एरिक आडम्सले बताए । झण्डै २६ लाख जनसंख्या भएको बु्रकलिन अमेरिकाको चौथो ठूलो सिटी हो । उक्त सिटीले मंगलबार दिउसो १२ बज्नु अगाडि फाउची लगायतलाई सम्मान गरेको हो ।

फाउचीले अरु हिरोहरुसँगै सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले आफ्नो जवानीको समय स्मरण गर्दै ब्रुकलिन आफ्नो डीएनएमा भएको बताए । आफूलाई कसैले वासिंटनमा भइरहेको सबैचीजमा कसरी माथि राख्छस् भनेर सोध्दा ब्रुकलिन शशक्त रहेको बताउने गरेको फाउचीले बताए । फाउचीले यसो भन्दा तालीको गडगडाहट भएको थियो ।

फाउचीले भयानक कोरोना नियन्त्रणमा ल्याउन सकेकोमा न्युयोर्कबासीलाई बधाई समेत दिए । फाइजरको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको समाचार आए लगत्तै फाउचीले गरेको सम्बोधनमा भ्याक्सिनको विषयलाई समेटिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले केही विशेषज्ञहरुलाई निकाल्ने बताइरहदा फाउचीले सम्बोधन गरेका हुन् ।

कोरोना महामारीमा विभिन्न क्षेत्रबाट योगदान दिएकाहरुलाई बु्रकलिन कोभिड हिरो सम्मान प्रदान गरिएको हो । जसमा न्युयोर्क निवासी नेपाली समेत रहेका थिए ।

यी हुन् ह्वाइटहाउसका टास्क फोर्स सदस्य डाक्टर फाउचीसहित कोभिड हिरोबाट न्युयोर्कमा सम्मानित नेपाली

यी हुन् ह्वाइटहाउसका टास्क फोर्स सदस्य डाक्टर फाउचीसहित कोभिड हिरोबाट न्युयोर्कमा सम्मानित नेपाली

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com