पेचिलो बन्दै राजधानी प्रस्ताव : निषेधाज्ञा तोड्दै बिहानैबाट प्रदर्शन


प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार

प्रदेश ५ को प्रदेश सभामा शुक्रबार प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसले आयोजना गरेको रुपन्देही बन्दको प्रभाव बिहानैदेखि परेको छ । साथै, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न क्षेत्रमा जारी गरेको निषेधाज्ञा पनि बिहानैदेखि सुुरु भएको छ ।

तर, राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको हो । प्रस्तावको विरोध गर्दै तर, नेपाली कांग्रेस र विभिन्न संघसंस्थाहरु भने विहानैदेखि सडकमा उत्रेर विरोध तथा आन्दोलनका कार्यक्रमहरुलाई अगाडि बढाएका हुन् ।

राजधानीको विषयलाई लिएर बुटवलमा सोही दिननै कांग्रेस भातृ संगठन नेविसंघले आन्दोलन गर्दै टायर बालेर विरोध गरेको थियो । शनिबार नेपाली कांग्रेसले बैठकनै बसेर साँझ राँके जुलुुस र आइतबार रुपन्देही बन्दको घोषणा गरेको हो । सत्तापक्ष नेकपाको पनि शनिबार बिहानैदेखि बसेको बैठकले प्रस्तावित भालुवाङ्ग राजधानीलाई पास गर्न ह्विप जारी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com